समय : १०:१४ am | शनिबार , भाद्र २७ गते २०८३

राति बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च

सेवालुङ खवर | भाद्र २४ गते २०८३

रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेख्नीय रूपमा बढ्ने एक अध्ययनले निष्कर्ष निकालेको छ । बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका झण्डै ८९ हजार जना सहभागीहरूमाथि गरेको अध्ययनको निष्कर्ष अनुसार उज्यालो कोठामा सुत्नेहरूमा हृदयघातको जोखिम ३०देखि ५० प्रतिशतसम्म बढेको देखिएको छ । हरेक रात उज्यालो प्रकाशमा सुत्दा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनी रोगको ३२ प्रतिशत र स्ट्रोकको २८ प्रतिशतले बढेको पाइएको अमेरिकी वैज्ञानिक पत्रिका जेएमए नेटवर्क ओपनमा प्रकाशित प्रतिवेदनमा भनिएको छ । रातको कृत्रिम प्रकाशले दिमागमा तनाव बढाउने, धमनीहरूमा सुजन ल्याउने र शरीरको प्राकृतिक जैविक घडीलाई बिगार्ने गरेको अध्ययनमा उल्लेख छ । वैज्ञानिकहरूले राम्रो स्वास्थ्यका लागि पूर्ण अन्धकारमा सुत्न सिफारिस गरेका छन् । यस्तै सुत्नुभन्दा ४ घण्टा अगाडिदेखि नै बत्ती कम गर्न र ब्ल्याकआउट पर्दा प्रयोग गर्न वैज्ञानिकहरूको सुझाव छ । यो अध्ययनले रातको प्रकाशलाई हृदयरोगको एउटा प्रमुख जोखिम कारकका रूपमा हेर्नुपर्ने निष्कर्ष दिएको छ । विशेषज्ञहरूका अनुसार यो खोजले सार्वजनिक स्वास्थ्य नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषण र मोबाइल स्क्रिनको बढ्दो प्रयोगले यो समस्या झनै गम्भीर बन्दै गएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्