समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुर र इम्बार्क कलेज पुल्चोक बीच समझदारी पत्रमा हस्ताक्षर,

सेवालुङ खवर | माघ २६ गते २०८१

माघ २३, काठमाडौँ । सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवद्र्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ। समझदारी पत्रमा दुवै संस्थाका विद्यार्थी र प्राध्यापकहरूबीच आदानप्रदान, व्यवस्थापनको क्षेत्रमा दुबैसंस्थाबीच अनुसन्धानात्मक सहकार्य, उद्यमशिलता प्रवद्र्धन, विद्यार्थी, पेशागत व्यक्ति र उद्योग क्षेत्रकासरोकारवालाहरूलाई प्रत्यक्ष फाइदा पु¥याउन छोटो अवधिका विशेष पाठ्यक्रमहरू सञ्चालन र जेनेरेटिभएआई प्रविधिको अध्ययन र अनुप्रयोगमा सहकार्य गर्ने योजना समावेश गरिएको छ। समझदारीपत्रमा इम्बार्ककलेज, पुल्चोकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक आशिष ठाकुर र एभेन्टिसग्र्याजुएट स्कूल, सिंगापुरको तर्फबाट जेनेरल म्यानेजर सामुएल टियो ले हस्ताक्षर गरेका छन् । यस सम्झौताले विद्यार्थीहरूलाई उद्यमशीलता विकासका लागि इन्क्युबेटर, एक्सलरेटर, र परामर्श अवसरहरूपनि उपलब्ध गराउनेछ। साथै, जेनेरेटिभ एआई प्रविधिहरूमा सहकार्य गरी अनुसन्धान केन्द्रहरूको स्थापना,नवाचार प्रयोगशालाहरूको विकास, र उद्योग साझेदारीहरूको विस्तार गर्ने योजना रहेको छ।सम्झौता हस्ताक्षर समारोहमा प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक आशिष ठाकुरले दुईसंस्थाबीचको यस सहकार्यले अनुसन्धानात्मक कार्यहरूमा नयाँ सम्भावनाहरूको ढोका खोलेको भन्दै यसलाईदीर्घकालीन रूपमा कायम राख्नका लागि संयुक्त कार्यक्रमहरूको आवश्यकतामा जोड दिए । साथै, योसमझदारीले विद्यार्थी र प्राध्यापकहरूलाई एकआपसमा मिलेर अनुसन्धानात्मक कार्यहरू गर्न तथा नेपाल रसिङ्गापुर बीच ज्ञानको सेतु निर्माण गर्दै दुवै देशका विद्यार्थी र शिक्षकहरूका लागि वैश्विक अवसर प्रदान गर्ने रदुवै संस्था लाभान्वित हुने बताए । एम्बार्क कलेजले बेलायतको युनिभर्सिटी अफ रोहम्पटनसँग साझेदारीमा चार बर्षे बीएस्सी बि.एम र दुई बर्षेएमबीए कार्यक्रमहरू संचालन गर्दै आएको छ ।अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापीकरणको बढ्दो भूमिकालाईध्यानमा राख्दै, एम्बार्क कलेज र एभेन्टिस ग्राजुएट स्कूलको यो सहकार्यले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरमाप्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साभार अर्थ सवाल,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्