हावा हुरी बाट होसीयार बनौ ।
यतीखेर हावा रहुरीको ज्यादै समय बढीरहे को अवस्थामा ज्यादै सजग अपनाउनु पर्ने देखिन्छ । यस्तै बेला बखतमा तपाई हमिले सवाधान अपनाउनु पनेै पनी देखीन्छ । त्यसैले चैत्र वैशाखको समयमा ज्यादै सुख्खा र खरेडी लाग्ने गर्दछ । बनमा जादा घर बस्दा ज्वलनशिल आगजनि क्षतीहुने सलाई लाईटर जस्ता कुने पनी बस्तुहरुलाई टाढा रख्न सजगता अपनाउनु पर्ने हुन्छ । हावाहुरी चलेको वेलामा खानाया भन्सा बनाउन हुदैन त्यसैले चनाखो हुन जरुरी देखिन्छ ।आगलागी हुने खतरा हावाहुरी चलेको बेलामा विजुली सटहुने चट्रयाङ पर्ने त्यस्तै घरको टिनको छानाहरु उक्किने सम्भावनाहरु बढी हुने गर्छ । त्यसैले गर्दा यस्तो समयमा घटना हुने समभवाना बढी हुन्छ । त्यसैले दिनुदिन हावाहुरी बाट क्षतीभएर कयौं सम्पती नोक्सान हुने गर्दछ । सुख्खा जस्ता मौषममा या खरेडिले बनजङगलको पात पतीङ्गारहरु पनी सुकिएको मकिएको हुन्छ । त्यसैले तपाई हामि सजगता अपनायौन भने क्षती हुने सम्भमवना बढ्न सक्छ । केहि कम्जोर संरचना विजुली पोल अस्थयी टहरा रुखका हागाँहरु हावाहुरी बतासले उडाउने भत्काउने धरै जोखिममा रहेकालाई पनी क्षती पु¥याउने गर्दछ ।सलाई लाईटर मटीतेल पेट्रोल डिजल आदी बस्तुहरु हासियारी पूर्वक केटा केटीहरु बाट टाढा राख्न पर्दछ । आगो बाल्दा होसियार पूर्वक भएर या चुरोट बिडीँ सुर्ती जन्य तथा प्रयोग गरेमा राम्ररी निभाएर मात्र फाल्नु पर्ने हुन्छ । हावाहुरीको समयमा सबैभन्दा बढी प्रभाव वृद्धवृद्धा,अशक्त र बाल वालिका मा पर्ने गर्छ । हावाहुरी चलेको समयमा यो समूहका व्यक्तिलाई सुरक्षित राख्न प्रत्येक घरका सदस्यले सतर्कता अपनाउनु पर्छ । हावाहुुरी आइहाले सुरक्षित स्थानसम्म पुग्नसमेत समस्या हुने भएकोले यो उमेर समूहका मानिसहरू सबैभन्दा बढी जोखिममा रहन्छन् । यस्तै आफ्ना गाईबस्तुका गोठ तथा पशु चौपाया रहने स्थल समेत यो बेला असुरक्षित पनी रहेको हुन्छ । आगलागी भइहाले सुरक्षित रहने र सुरक्षित गराउन सबैले प्रयत्न गर्न जरूरी रहेको हुन्छ । सबैले एकसाथ होशियारी अपनाउने हो भने आग लागीको प्रभावबाट बच्न सकिन्छ । हेल चेक्र्याँई गर्ने हो भने यसबाट उत्पन्न हुने जोखिम हामीले बहोर्न नसक्ने प्रकृति प्रकोपको समेत हुने भएकोले सबैले होशियारी अपनाउनु अनिवार्य रहेको हुन्छ । हावाहुरी जस्ता प्राकृतिक प्रकोपहरू कुनैपनी वेलमा आउन सक्छ भन्ने यसको टुङगो हुदैन । त्यसैले यस्ता जोखिमबाट बच्न प्रत्येक नागरिकले होशियारी अपनाउनु अनिवार्य रहेको छ । होशियारी अपनाउने हो भने हामी जस्तोसुकै जोखिमबाट बच्न सक्ने छौं । यस्तो हावाहुरी भइरहन्छ भन्नेजस्ता गलत मान्यतालाई कायम राखेमा हावाहुरीको जोखिमले तपाई हामीलाई नै सताउने निश्चित छ । त्यसैले हावाहुरी बाट होसीयार बनौ ।
हावा हुरी बाट होसीयार बनौ ।








