समय : ०५:१९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती किन ? मनाइँन्छ ??

सेवालुङ खवर | कार्तिक १७ गते २०८१

महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले वि.सं. २०६६ साल मंसीर १६ गते फाल्गुनन्द राष्ट्रिय विभूति घोषणा गरेको थियो । त्यसैले प्रत्येक वर्ष फाल्गुनन्द जन्म जयन्ती मनाउने गरिन्छ । महागुरु फाल्गुनन्दले समाज सुधारका लागि दिएको सुझाव–सल्लाह आज पनि धार्मिक मानवलाई सत्मार्ग देखाउने उपदेश दिएका थिए । उनको आध्यात्मिक चिन्तन र व्यवहार किराँती समुदायका लागि मात्र होइन सम्पूर्ण मानव धार्मिक का लागि प्रेरणा र ऊर्जाको स्रोत भएको छ । पूर्वी नेपालको इलाम जिल्लामा निम्न वर्गीय परिवारमा जन्मिएका महागुरु फाल्गुनन्दले केही समय बेलायती सेनामा रहेर सेवापनि गरेका थिए । उनका बाल्य अवस्था देखि अहिंसा, सत्यवादिता र निष्ठामा विश्वास गर्ने फाल्गुनन्द सेनामा रहँदा पनि त्यो धर्मबाट हरेस चिन्ता भने पटकै लिएका थिएनन् समाज सुधारका लागि निरन्तर अघि बढी रहे । उनी सैनिक सेवाबाट निवृत्त अवकाश भएपछि समाज सुधार र परिवर्तनको यात्रामा निरन्तर हिँडिरहेका थिए । उनीसँग अद्भूत तथा चमत्कारी क्षमता रहेको विश्वास गरिहेका थिए । फाल्गुनन्द मूलतः किराँत धर्मका महागुरु हुन् । तर, यतिले मात्र उनको योगदान कदर पूर्ण हुँदैन । उनको दिव्य वचनकै कारण नेपालीको जीवन पद्धतिमा सुधार भएको छ । उनी आठ वर्षकै उमेरमा हत्या, हिंसा गर्न नहुने, झुटो बोल्न नहुने, नारी जातिलाई उच्च सम्मान हुनपर्ने, मासु–मदिरा खान नहुने जस्ता अत्यन्त व्यावहारिक तथा सत्य वचन प्रवाह गर्ने फाल्गुनन्द किराँत धर्म, संस्कार र संस्कृतिमा संरक्षण गरेका थिए । किराँती जातिको लिम्बू समुदायमा सामाजिक विसंगति र विकृतिले गाँजेको अवस्थामा वि.सं. १९८८ मा तत्कालीन दश लिम्बु सत्र थुमका वरिष्ठ व्यक्तित्वहरुको भेला गरी आफ्नो धर्मको पहिचान गर्न, मांसमदिरा त्याग गर्न, विवाह भोजमा फिजुल खर्च नगर्न सहमत गराई दश बुँदे लिखित सहमति नै गराएका थिए । महागुरुले किराँत सामाजिक मुन्धुम शास्त्रको प्रतिपादन सहित धर्म, भाषा र साहित्यको प्रचार–प्रसार गर्न महत्वपूर्ण योगदानहरु दिएका थिए । उनकै अग्रसरतामा बलि पूजाको अन्त्य गरी फल फूलबाट सेवा–पूजा नित्य गर्ने, हराउन थालेको संस्कृतिको पुनरुत्थान गर्ने जस्ता महान कार्यहरु सम्पन्न गराएका थिए । समाज परिवर्तनका लागि महत्वपूर्ण र उच्च सेवा तथा योगदान दिएका थिए । उनै फाल्नुनन्दको सम्मानमा सरकारले १६ औं राष्ट्रिय विभुती घोषणा भए पशचात उनको जन्म दिन अर्थात् कात्तिक २५ गते लाई फाल्गुनन्द जन्म जयन्ती मनाउने गरिन्छ । उनको जन्म दिन कात्तिक २५ गते सार्वजनिक बिदा रहेको छ । सरकारले उनको तस्विर अंकित हुलाक टिकट प्रकाशन गरेर महागुरुप्रति सम्मान प्रकट गरेको थियो । ज्ञानका ज्योति महागुरुकोे जन्म दिनलाई उनीप्रति हार्दिक सम्मान प्रकट गरौं ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्