
यज्ञनिधि पौडेल ताप्लेजुङ बुद्धि आधार (foundation) मा बन्छ । आधार सिर्जना (nonfoundation) मा पनि हुन्छ । युवा शब्दले पनि आधार बन्छ । राजनितिक खण्डीकरणमा १८ वर्षे युवा । पैतृक सम्पतिको खण्डीकरणमा १६ वर्षे युवा । उद्यमशीलताको खण्डीकरणमा ३० वर्षे युवा । शतवर्षकी खण्डीकरणमा ५० वर्षे युवा । क्रियाशीलताको आधारमा क्रियाशील व्यक्ति युवा हो । रसिकताको आधारमा रसिक व्यक्ति युवा हो । यही छ मेरो प्रश्न हामी के को युवा ? कसलाई काम लाग्ने युवा ? भीड खोज्ने राजनीतिज्ञलाई ? पैतृक सम्पत्ति दिलाउने कानुनविद्लाई ? पैसामा जिन्दगी खोज्ने उधर नाई ? सदैव क्रियाशील हुन चाहने जिजीविषालाई ? आफ्नो भ्रष्टा आफै (Bulling) हौं भन्ने स्वचिन्तकलाई ? अरू कसलाई ? प्रक्षेपित व्यक्तित्व प्रत्येक आधारमा युवाको अनुहार छ । राजनीतिज्ञले प्रक्षेपण गर्दा आन्दोलनमा कुद्यौं । मार्न हत्यामा जुट्यौं । धर्ममा लाग्यौं । बल मिच्याई (द्यगििष्लन) गयौं । अहिले नेताको आश्वासनमा जिइरहेका छौं । उनको पालामा जागिर पाइएला कि ? विकसित मुलुकमा पठाउन सहयोग गर्देला कि ? यहि कुराइमा युवा व्याक्तित्व प्रक्षेपित छ । कानुनविद्को प्रक्षेपणमा अंशियार बन्यौं । जन्माउनेको अंशियार । आफू अंशियार । अर्थात् राजनीतिज्ञको पछि लाग्दा लगानी थियो । कानुनविदको पछि लाग्दा त्यो पनि रहेन । वंश र अंशको निम्ति कानुनविदलाई रकम तिर्नु पयो । उद्यमीको अर्कै पीडा रह्यो । राजनीतिक ठप्पाको । कुनै दलका भर्ति त्यही दलको सङ्गठनमा आबद्धता । त्यसैले उद्यमीले पत्याएनन् । क्रियाशील हुन युवाले सिकेनौ । सिकाइएनौं। संस्कारले सिकाउदा छोराहरू पैतृक अधिकार खोज्यौँ । छोरीले कानुनको साहारा लियौँ । बुद्धि एउटै हो कर्तव्य नगरी हक लाग्ने । यसरी संस्कार र कानुनले युवालाई अकर्मण्य सावित गरे । जुका समानपैतृक (Invention) । उद्यमीले नकारात्मक आँखाले हेरे । प्रकृतिले क्रियाशील सम्पतिमा मोह भएका । राजनीतिज्ञले काम छउन्जेल भाँडो नहुँदा ठाँडो बन्ने ऊर्जा त दियो तर युवा प्रकृति त्यसतर्फ सचेत बनेनौं । त्यसैले रोजगार माग्यौं । राजगारी दिने मेरो योजना भन्न जानेनौं । हाम्रो योजना बनाएनौं । शिक्षालाई गाली त गर्यो । म यसरी जान्छु भन्न जानेनौं । यसरी हेर्दा हाम्रो क्रियाशीलता बाच्छो जस्तो भयो । तान्न जान्ने । धकेल्न जान्ने । दुःख दिन जान्ने । आफू केही नगर्ने । यसरी हाम्रो आफ्नो भाग्यको निर्माता बनेनौँ । प्रारम्भ कर्ममा पनि बसेनौँ । सञ्चित कर्ममा पनि लागेनौं । यसरी हेर्दा हाम्रो नियति बन्धक बन्यो । ऊर्जा पराश्रयी । क्रियाशीलता अरूको निम्ति । अर्थ यो हो कि युवाले आफ्नो ऊर्जा चिनेनौं । क्रियाशीलता बुझेनौं । अरूकै निम्ती काम गर्यौँ । अरूकै आश्रय खोज्यौं । प्रक्षेपणका कुराहरू युवालाई प्रक्षेपण गर्दा शव्दवर्षा भएका छन् । अहिले प्रयोग गर्न मिल्ने शब्दहरू । जस्तो ः युवा देशका भविष्य हुन् । भोलिका श्रष्टा हुन् । यी दुई वाक्यले भन्छन्, भोलि हाम्रो हो । श्रष्टा हामी हौं । त्यसो भए भोलिको निम्ति के सोच्यौ ? आफूलाई के ? परिवारलाई के ? समुदायलाई के ? राष्ट्रलाई के ? विश्वलाई के ? यसरी चिन्तन अभियान चलाउने अवसर छ । श्रष्टा हौं भने, हाम्रो सृष्टि के ? नयाँ निर्माण (Invention) के ? यस अर्थमा भिन्न । भिन्न ढङ्गमा (Differentjy) गर्ने के ? चिया पसल खोले अरूको भन्दा भिन्न बास्ना भएको चिया । भिन्न स्वादको चिया । भिन्न रंगको चिया । भिन्न अवस्थाको बसाई । भिन्न स्वरूपको सेवा । यसरी भिन्नहरूको खोजी गर्न राजनीतिज्ञकै शब्द काफी छ । उनले बाँझो खेत देखाए । हामीले खनजोत गर्नुपर्ने भयो । उनले भनिदिए । हामीले गरेरै देखाउनुपर्ने भयो । युवा क्रान्तिका अग्रदूत रे राजनीतिज्ञको भाषामा । स्वीकायौँ । अब के मा क्रान्ति गर्ने । टुंगो गरौं । शिक्षामा क्रान्ति गरे सिक्न सिकौं । रोजगारीमा कान्ति गरे अवसर निर्माण गरौं । संस्कृतिमा क्रान्ति गरे हिजोका मान्यतालाई चुनौती गरौं । यसो गरे मात्र हामी क्रान्तिकारी बन्छौं । नत्र कसैका क्रान्तिकारी दिएको खिताव (पद्वी) पर्गेलौं । आफैमा प्रत्याभूति गरौं । घरले दिएको हुन्छौं । हतियार । आफ्ना लागि क्रान्तिकारी बन्दैनौं । यसको अर्थ हो हामीलाई पद्वीमा । रजनीतिले दिएको पद्वीमा । शिक्षाले दिएको पदवीमा । यो विधिले हामी गन्तव्यमा पुग्छौं। युवा गन्तव्य । क्षमतामा टिकेको गन्तव्य, त्यसैमा टेकेको गन्तव्य । के यवाले ऊर्जा समय र गति जोड्न सक्छौं ? जोडे सृष्टि हुन्छ । हुन्छ । हिन्दु दर्शन त्यसै भन्छ । पूर्वीय धर्मले त्यसलाई नकार्दैन । अँग्रेजीमासिर्जना गति, चेतना र कार्य ब्रह्ममा मिलेझैँ । हामी राजनीतिक ब्रह्ममा प्रलय । सांस्कृतिक ब्रह्ममा प्रलय । निराशा ब्रह्ममा प्रलय । आक्रामक ब्रह्ममा प्रलय । मेरो निक्यौल युवा शरीर हो भने – ऊर्जा छ । ऊर्जा बाहिरिन खोज्छ । त्यो उसकोधर्म हो । बाहिरिने ऊर्जालाई के मा प्रयोग गर्ने ? सोचौं । म युवा हुँ । ऊर्जा छ । प्रयोग गर्ने ठाउँहरू के के हुन् ? यति भए बाटो खुल्छ । युवा योग्यता हो भने – भजाऔँ । के मा बिक्छ ? कति रकम आउछ? कति मोल बस्छ ? पहिल्याऔं । युवा रहर हो भने संगठित बनौं कामयावीसंगठन,व्यवसायीहरूका,पढञ्चीहरूका, उद्यमीका । धनीको । गरिबको । जे छ गरौँ । धनीले रकम,गरिबले इमान्दारिता, यस्ता संगठनवारे उत्तर खाजौं । युवा सोध हो भने गहिरिन सिकौं । सिया र सुन्नी हुँदा हजरत अलिसम्म हुन् । प्रश्न पूरक ग्रन्थ हो । ब्रह्म सिकाउने पुस्तक ब्राह्मण हो । जङगलमा सिकाए अरण्यक । जीवात्मा र परमात्माको कुरा सिकाए वेद । उपनिषद, यज्ञ, श्राद्ध आदि सिकाए कल्प। सृष्टि,प्रलय, वंश र मन्वन्तर सिकाए पुराण । इतिहास सिकाए महाभारत र रामायण ।तत्व बुझाए मिमांसा । तर्क सिकाए विचारशास्त्र । यसरी सोचमा गहिरिऔं ।सर्जक हौं भने – जे छ त्यसैमा थालौं । रु.१० भए विस्कुट किनौं बेचौं । यसअर्थमा मेरो निक्यौल हो– अहिलेको अभाव अवसर हो । बाटो छैन । बिना बाटोमापर्यटन । खेती छैन । जङगलमा खेती । सिलाई छैन । बिना पानीको फसल ।यस्ता विकल्प खोजौँ । नत्र के को युवा ? कसको युवा ? किन युवा ? दिएको खानाअशक्तले खान्छ । युवा शक्त हो भने माग्ने किन ? ज्ञान छ भने अड्किने किन ?सीप छ भने रोकिने किन ? छैन भने नखोज्ने किन ? त्यै पनि नभेटे नबनाउने किन ? अन्यथा युवाको युवत्व किन ?(लेखक पौडेल जिल्ला खेलकुद विकास समिति ताप्लेजुङमा कार्यालय प्रमुख पदमाकार्यरत हुनुहुन्छ ।)








