समय : १०:१३ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङमा मुकुम्लुङ साहित्य प्रतिष्ठान प्रथम साधरण सभाबाट पुन: गठन,

सेवालुङ खवर | भाद्र ७ गते २०८३

ताप्लेजुङ/ ताप्लेजुङमा मुकुम्लुङ साहित्य प्रतिष्ठान प्रथम साधरण सभाबाट पुन गठन भएको छ । मनिष हेल्लो अध्यक्षतामा ताप्लेजुङका पर्यटकिय स्थल सुकेटार स्थित प्रथम साधरण सभाले प्रथम अधिवेशन निर्वाचन बाट लिटल बुद्ध ईङलिस बोर्डिङ स्कुलका प्रधानाध्यपक यूवराज गिरीको संयोजकतामा १४ कार्य समिती चयन भएको हो । निर्वाचन मण्डली सदस्यतामा अधिवक्ता श्री वाला हाङ याक्सो ,खगेन्द्र कार्कीको उपस्थिती अनुसार मुकुम्लुङ साहित्य प्रतिष्ठान प्रथम साधरण सभाबाट मिति २०६३ साल भाद्र ६ गते शनिवार तपशिल बमोजिम अनुसार, अध्यक्ष श्री मनिष हेल्लोक, उपाध्यक्ष –उपाध्यक्ष श्री सिता पिरती,उपाध्यक्ष देवान सिं मादेन विरहि कान्छा, उपाध्यक्ष मणी सेम्बु ,माहा सचिव श्री उदय भट्राई,कोष अध्यक्ष लिला आँसु,सह सचिव लक्ष्मी चुडाँल,सह कोष अध्यक्ष के.वी. किराती,सदस्य पोष्ट व.गुरुङ् ,सदस्य होमनाथ दाहाल,सदस्य सुनिता भुर्तेल पौडेल,सदस्य अनिशा लोहार,सदस्य जिवन कालिकोटे ,प्रथम अधिवेशनबाट सर्वसहमतले पारति भई विजयी घोषणा भएको लिटल बुद्ध ईङलिस बोर्डिङ स्कुलका प्रधानाध्यपक यूवराज गिरीले जानकारी गराउनु भयो । साधारण सभाका प्रमुख अतिथिमा अग्रज स्रष्टा भरत गुरुङ,रहेका थिए । विशिष्ट अतिथि डिल्ली रमण बराल रहेका थिए । तथा विशेष अतिथिहरूमा कवि चन्द्र मादेन आन्छन्, समाजसेवी सुन्दरमोहन शाक्य, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपाल, काजी गुरुङ, मिक्वा खोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा, नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष गोपाल न्यौपाने, समाजसेवी ओम राई तथा पत्रकार आनन्द गौतम र कृष्ण फुरुम्बो लगायतले कार्यक्रमको शोभा बढाउदै प्रशंसा गर्नुका साथै शुभकामना मन्तव्य दिएका थिए । साधारण सभामा साहित्यकार तथा पत्रकार नवराज आचार्य ‘निश्चल’ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार चन्द्र मादेन आन्छन् तथा समाजसेवी एवं स्रष्टा काजी गुरुङलाई दोसल्ला र ताम्र पत्रसहित उच्च सम्मान गरिएको ताप्लेजुङ मुकुम्लुङ साहित्य प्रतिष्ठाका अध्यक्ष श्री मनिष हेल्लोकले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्