समय : १०:१३ am | शनिबार , भाद्र २७ गते २०८३

सहित्यकार जगमोहन शाक्यको १७ औं, स्मृति दिवस तथा सिर्जना वाचन कार्यक्रम

सेवालुङ खवर | भाद्र १६ गते २०८३

ताप्लेजुङको सहित्यकार जगमोहन शाक्यको १७ औं स्मृति दिवस तथा सिर्जना वाचन कार्यक्रम भएको छ । मुकुमलुङ् साहित्य प्रतिष्ठानको आयोजना र शाक्य मेडिकल ताप्लेजुङको प्रयोजनमा फुङलिङ् नगरपलिकाको उद्योग वाणिज्य हलमा स्मृति दिवस तथा सिर्जना वाचन कार्यक्रम भएको हो । उक्त कार्यक्रमको अध्यक्षता मनिष हेल्लोक पमुख अतिथी,नगर प्रमुख अमिर मादेन विशिष्ट अतिथी डिल्ली रमण बराल,राजेश्वर थापा,बल बहादुर सामसोहाङ,भरत गुरुङको उपस्थिती रहनुका साथै विभिन्न संघ संस्था,पत्रकार,सञ्चार कर्मीहरुको पनी उपस्थिती रहेको मुकुमलुङ् साहित्य प्रतिष्ठान ताप्लेजुङले जनाएको छ । १७ आंै स्मृति दिवस तथा सिर्जना वाचन कार्यक्रममा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको स्मृति सम्झना गर्दै,मौन धारण र राट्रिय गानबाट सुरु भएको थियो । ताप्लेजुङको बरिष्ठ सहित्यकार कवि स्रष्टाहरुको स्मृति दिवस तथा सिर्जना वाचन कार्यक्रममा सहभाचिता रहेको थियो । सहित्यकार तथा कवि स्रष्टाहरुले मन्तब्य राख्दै विभिन्न सिर्जना वाचन प्रस्तुत गरेको मुकुमलुङ् साहित्य प्रतिष्ठान ताप्लेजुङले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्