समय : १०:१३ am | शनिबार , भाद्र २७ गते २०८३

रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा फुरुम्बो पालुङवा वंश प्रतिष्ठान ताप्लेजुङले गर्यो दीप प्रज्वलन

सेवालुङ खवर | भाद्र २३ गते २०८३

२२ भाद्र २०८३, सोमबार । ताप्लेजुङ रसुवास्थित भोटिकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा ताप्लेजुङमा फुरुम्बो पालुङवा वंश प्रतिष्ठानले सामूहिक प्रार्थना सहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । ताप्लेजुङ सदमुकाम फुङलिङको तोक्मेडाँडामा सोमवार भेला भएर मृतकको सम्झनामा प्रार्थना गरेका हुन । दीप प्रज्वलनले मृतकको आत्मा परमेश्वरको काँधमा लिनु हुन्छ । “शान्ति पाऊन्, दुःख नपाऊन् । फेरि मानवको चोला लिएर यस धर्तीमा आऊन्, स्वर्गमा पनि अजम्बरी रहुन” भन्ने कामना सहित दीप प्रज्वलन गरिएको फुरुम्बो पालुङवा बंश प्रतिष्ठानका इन्द्रहाङ पालुङवाले जानकारी दिनुभयो । कार्यक्रमा बंश प्रतिष्ठनका पदम पालुङवा,पूर्ण पालुङवा, प्रविण पालुङवा, वडाध्यक्ष टंक पालुङवा,कमला पालुङवा लगायत बंशका पदाधिकारी सहित विभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज सम्म १३ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ६९ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय २१ जना गरी १ हजार ३ सय ५१ जनाको शव फेला परेको हो । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना (दुई पुरुष, चार महिला र एक अन्य)हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएको बताएका छन् ।www.simanakhabar.com

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्