ताप्लेजुङ,ताप्लेजुङ गोल्डकप २०८१ को दोस्रो संस्करण शुक्रबार भएको खेलमा मोरङको सगरमाथा युथ क्लब ताप्लेजुङ गोल्ड कपको फाईनलमा प्रबेश गरेको छ । शुक्रबार भएको पहिलो सेमि फाईनल खेलबाट मोरङको सगरमाथा युथ क्लबले ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । भोलि हुने सेमि फाईनलको अन्तिम खेलमा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लब र सिरहाको सलहेस युवा क्लबबीच हुने भएको छ । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुने भएको छ ।
सगरमाथा युथ क्लबले ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोल अन्तरले पराजित








