समय : ०२:४४ pm | सोमबार , भाद्र २९ गते २०८३

संघर्ष स्पोर्टिङ युवा क्लब ७–५ गोलको अन्तरले पराजित गदै विजयको सुरुवात

सेवालुङ खवर | भाद्र ३ गते २०८१

ताप्लेजुङ गोल्डकप २०८१ को दोस्रो संस्करण सोमबार भएको उद्घाटन खेलमा संघर्ष स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । ।संघर्ष स्पोर्टिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो । कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत)लाई पराजित गदै विजयको सुरुवात गरेको छ । कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गर्दै संघर्ष स्पोर्टिङ युवा क्लबले प्रति योगितामा विजयको सुरुवात गरेको छ । आगामीे भाद्र ५ गते रूपन्देही र मोरङ बीचको विजेता सँग सेमि फाइनलमा खेल्न पाउने छन् । भोलिको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा को खेल हुनेछ । लाखे जात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको छ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको विजेताले नगद ५ लाख तथा उप विजेताले २ लाख ५० हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेभएका छन् । विभिन्न विधामा उत्कृष्ट खेलाडी हरूलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्