समय : ०२:४५ pm | सोमबार , भाद्र २९ गते २०८३

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले प्रारम्भिक छनौट गर्दै सम्पर्कमा आउन आग्रह

सेवालुङ खवर | श्रावण ३१ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले खेलाडीको उपलब्धी खेल क्षेत्रका राष्ट्रिय खेलकुद प्रति योगितामा समावेश भएका ३६ मध्ये २१ खेल प्रारम्भिक छनौट गरी सम्पर्कमा आउन आग्रह गरेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र कुमार(गणेश) मावोले खेलाडी र खेल क्षेत्रका सम्भावना रहेको राष्ट्रिय खेलकुदमा खेलाडी सहभागिता गराउन सकिने बताएका छन् । राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन सकिने खेल विधाका अनुसार जिल्ला खेलकुद विकास समितिमा सम्पर्क राख्न आग्रह गरेको हो । विधागतरुप सम्पर्कमा आएका खेलाडीले दिएको आवेदनका आधार राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले बताएका छन् । एथलेटिक्स, व्याडमिन्टन, पुरुष क्रिकेट, पुरुष तथा महिला फुटबल, बक्सिङ, पुरुष तथा महिला भलिबल, शारीरिक सुगठन, बुद्धिचाल, टेवलटेनिस खेल बिधामा यस्तै उसु, आर्चरी, सुटिङ साइक्लिङ, प्याराग्लाईडिङ, महिला तथा पुरुष दुबै तर्फको कबड्डी, तेक्वान्दो, कराँते र आई.टी.एफ तेक्वान्दोमा समेत उक्त खेलहरुलाई जिल्लाबाट छनौट भई राष्ट्रिय खेलकुद प्रतियोगितामा आउँदो मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने तयारी भएकोले खेलाडी पठाउन सकिने ताप्लेजुङको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्