ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सञ्चालन आयोजना भएको खुल्ला पुरुष म्याराथन प्रतियोगितामा हेमलाल श्रेष्ठ विजेता भएका छन् ।यसैगरी आर्मी क्लबका श्रेष्ठले उक्त प्रतियोगिताको निर्धारीत दुरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै विजेता बन्न सफल भएको हो । महिलातर्फ हाफ म्याराथमा सुनसरी रोकाय विजेता भएकी छन् । आर्मी क्लबका सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै प्रथम भएका आयोजकसमितीले जनाएका छन् । ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको थियो । म्याराथन खुलातर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुने दूरी निर्धारण गरिएको थियो । खुला म्याराथनका लागि करिव ४७ किलोमिटर दूरी रहेको थियो भने यस्तै, महिला हाफ म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने थियो । महिला हाफ म्याराथनका लागि दूरी करिब ३६ किलोमिटर हुने आयोजकसमितीले बताएका छन् । यता खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जनाले भाग लिएकोे म्याराथन उपसमितिले बताएकाछन् ।खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रूपियाँ, उपविजेताले एकलाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेभएको छ। भने त्यस्तै महिला हाफ तर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
ताप्लेजुङ खुल्ला पुरुष म्याराथन प्रतियोगितामा हेमलाल श्रेष्ठ रोकाय विजेता








