समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङमा उत्साह पूर्वक धाननाच लिम्बू समुदायको मौलिक (याःलाङ) प्रस्तुत

सेवालुङ खवर | भाद्र १२ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङमा पम्परागत रूपमा लिम्बू समुदायले लाखे जात्रा विशेष अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा याक्थुङ चुम्लुङ ताप्लेजुङले धान नाच आयोजना गरेको छ ।लाखे जात्राको अवसरमा आयोजनामा मौलिक संस्कृतिलाई उजागर गर्दै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रहेको थियो । याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीमा लिम्बू भाषामा गाइने पाःलाम गीतसँगै सामूहिक रूपमा गोलाकार र लामबद्ध भएर उत्साह पूर्वक धाननाच (याःलाङ) प्रस्तुत गरेका थिए । धान नाच लिम्बू समुदायको मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छ । विशेषगरी विवाह,बर्खन्त, मेला र पात अन्य उत्सवमा धान नाच प्रचलित रहँदै आएको छ । चेली माइती र हाड नाता, नलाग्ने युवक युवतीबीच माया प्रेम साट्ने माध्यमका रूपमा पनि धान नाच चर्चित छ । लिम्बू समुदायमा धान नाचले सामाजिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ । लिम्बू समुदायमा धान नाचल “मौलिक संस्कृतिको संरक्षणका लागि युवापुस्तालाई सचेत पार्नुपर्ने महत्वपूर्ण भूमिका आवश्यक छ । लिम्बू समुदाय संघ संस्थो संस्कृति संरक्षणको प्रयास गर्दै आए पनि यो निरन्तरतालाई संस्थागत रूपमा सशक्त पार्न अझै धेरै महत्वपूर्ण आवश्यकता रहेको छ ।लिम्बु धान नाच(याःलाङ)ले सांस्कृतिक गौरवमात्र होइन, सामाजिक एकताको सन्देश पनि प्रवाहित गरेको छ । यो मौलिक लिम्बु धान नाचले पहिचान सांस्कृतिक सामाजिक एकताको सन्देश पनि राख्ने छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्