समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

‘ह्यात्रुङ झरना’ ‘लीः ढुंगा’ र पर्यटनको कुरो,

सेवालुङ खवर | असाेज १ गते २०८१

निनाम लोवात्ती,/नेपाल विश्वकै प्राकृतिक रुपले भरिपूणर् देशहरुमध्ये एक हो भन्ने शायदै कसैले विमति जनाउलान् । हुन पनि हाम्रो देश नेपालकमा हिमाल, पहाड, चुरे क्षेत्र र तराई(मधेस गरी मुख्यतयाः चार प्रकारका भुगोल रहेका छन् । ती चार प्रकारका भुगोलमा अनेकौं ताल, तलैया, पोखरी, दह, छहरा, छाँगा, झरना, डाँडा(काँडा, पाखो(पखेरो, किल्ला, दुर्ग, गुफा, ओढार, खोला, नदीनाला आदि प्रकृतिले नै निर्माण गरिदिएका छन् । ती प्राकृतिक चिजबिचबाहेक हाम्रो देशमा अरु थुप्रै सुन्दर र ऐतिहासिक मानव निर्मित र प्रकृतिक सम्पदाहरु रहेका छन् । आज मैले यो लेख चाहिँ प्रकृतिले निर्माण गरेका निधिमध्ये पूर्वी पहाडी जिल्ला तेह्रथुम जिल्लाको तत्कालीन सम्दु र इसिबु गाउँ विकास समितिको सीमाको रुपमा रहेको ‘ह्यात्रुङ झरना’बारे लेख्दै छु ।हाल नेपालमा लागू भएको संघीयतको ढाँचाअनुसार तत्कालीन सम्दु गाविस फेदाप गाउँपालिकाको वडा नम्बर(४ हो भने, इसिबु गाविस चाहिँ वडा नम्बर(३ हो । सँधै छङछङ गर्दै बगिरहने, खसिरहने ‘ह्यात्रुङ झरना’ सम्दु र इसिबुको सीमाका निर्धारण गर्ने सीमा स्तम्भका रुपमा पनि रहेको भनी माथि नै उल्लेख गरिएको छ । हुन पनि धेरै लामो समयसम्म निजामती कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, शसस्त्र प्रहरी, शिक्षक, राष्ट्र बेंक, वाणिज्य बैंक नेपाल बैंक आदिकमा जागिर खान चाहनेहरुका लागि लोक सेवा आयोगले अनिवार्य जस्तै सोध्ने प्रश्न र सामान्य ज्ञानमा नेपालको अग्लो झरना कुन हो रु भनी ‘ह्यात्रुङ झरना’लाई पनि प्रश्नका रुपमा राख्ने गरिन्थ्यो । यसरी हेर्दा धेरै लामो समयसम्म नेपालकै अग्लो झरना मान्ने गरिएको, मानिएको ‘ह्यात्रुङ झरना’ दुुर्गमता र यातायातको उपलब्धता नभएका कारण सँधै ओझेलमा पर्ने गरेको थियो । जति आन्तरिक पर्यटकहरु र विदेशी पर्यटकहरु ‘ह्यात्रुङ झरना’ अवलोकन गर्न जानुपर्ने थियो, त्यति गएनन् ।३६५ मिटर उचाइ रहेको ‘ह्यात्रुङ झरना’ धेरै समयसम्म नेपालको अग्लो झरना भनी आम मानिसहरुमाझ स्थापित भएको थियो, मान्यता पाएको थियो । तर, अहिले चाहिँ नेपालको दोस्रो अग्लो झरनाको स्थानमा झरेको छ ‘(ह्यात्रुङ झरना ।’ किनभने, पछिल्लो पटक कणरली प्रदेशको कालिकोट जिल्लाको तत्कालीन राम्नाकोट गाविसको खान्द्रु गाउँमा रहेको ‘पचाल झरना’ नेपालको अग्लो झरना भनी स्थापित भएको छ । स्मरणरीय छ, ‘पचाल झरना’को उचाइ ३८१ मिटर रहेको छ । स्रोतः गुगलरहिमाल दर्पण अनलाइन लगायत अन्य पत्रपत्रिकाहरु । हुनत पछिल्लो पटक कच्ची सडक निर्माण भएसँगै ‘ह्यात्रुङ झरना’को अवलोकन गर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन् । नेपालकै सबैभन्दा अग्लो झरनाका रुपमा रहेको भए तापनि पहिले ‘ह्यात्रुङ झरना’ आसपासमा बास बस्न लायक होटल त के सामान्य चिया पसल समेत थिएन । तर, अहिले चाहिँ ‘ह्यात्रुङ झरना’को डिलैमा एक होटल खोलिएको छ ।ऋहिले चाहिँ यहाँसम्म पुग्न गाडीको सुविधा रहेको छ । यहाँसम्म पुग्न गाडीबाट ओर्लेर आधा घण्टा जति ओरालो झर्नु पर्छ भने फर्कँदा चाहिँ झण्डै एक घण्टा उकालो चढ्नु पर्छ । ह्यात्रुङ झरनालाई स्थानाीय लिम्बु समुदायले ‘हात्ती लेङे’ भनी पुकार्ने गर्छन् भने पूरै खोलाको नाम चाहिँ ‘हिंवा खोला’ हो । तर, पर्यटक तथा अन्य आगन्तुकहरुले ‘ह्यात्रुङ’ भनेरै चिन्छन् । कथनअनुसार ९वास्तविकता पनि यही हो० राणा शासनकालमा सरकारी कर्मचारीहरु धनकुटा हुँदै ओलाङचुङगोला(वालुङसम्म भोटको कर उठाउन जान्थे । राणाका कर्मचारीहरु हात्ती लिएर छ थर, मेयोङलुङ ९म्याङलुङ०, जलजले, सिम्ले, इसिबु, तत्कालीन सम्दु गाउँ पञ्चायतको पैपुङ, तुम्फुङ्ला, संगपु, केराबारी, खाम्लालुङ, हाङ्पाङ, चाँगे हुँदै तमोर ९तम्बर खोला० को बाटा भएर ओहोर(दोहोर गर्ने गर्थे । यसरी आउनेजाने क्रममा एक रात तुम्फुङुला र पैपुङको सीमा ९सम्दु गाविसको वडा नम्बर ६ र ७० मा रहेको ‘गोदाम’ भन्ने ठाउँमा वास बस्ने गर्थे, राणाका कर्मचारीहरु । सो ठाउँमा ठूलो गरा भएको बारी अभैm पनि छ । त्यहाँ ऊ वेला हात्ती बाँध्ने गरिएको ठूलो अग्लो ढुंगो ९खाँबो १० अभैm पनि संरक्षण गरेर राखिएको छ । साथै यो ठाउँलाई अभैm पनि नै ‘गोदाम’ भन्ने गरिएको छ । अहिले गोदाममा कुलुङ जातिका एक थर ‘देउराम’ थर ९पाछा० एक परिवार बस्दै आएका छन् । यसरी धनकुटा हुँदै ओलाङचुङगोला(वालुङसम्म ओहोर(दोहोर गर्ने, आउनेजाने क्रममा एक पटक ‘ह्यात्रुङ झरना’बाट हात्ती लडिमर्यो । त्यसरी हात्ती लडेर मरेपछि लिम्बु समुदायले ‘हात्ती लेङे’ भन्न थाले । पछि त्यही लिम्बु भाषाको नाम ‘हात्ती लेङे’ नै अपभ्रंश भएर ‘ह्यात्रुङ झरना’ भयो, भन्न थालियो । अभैm पनि प्रचारप्रसार भएमा गर्न सकिएमा यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।सार्क मुलुक र तेस्रो मुलुका पर्यटकहरुलाई ‘ह्यात्रुङ झरना’ मा आउन, ल्याउनका लागि ‘तीन जुरे, मिल्के र जलजले ९टीएमजे० क्षेत्र हुँदै, गुफा पोखरी, मेन्छ्यायेम ढाप, सम्दु, खाम्लालुङ, छोटी बजार ९टुकुरे०, सक्रान्ती बजार, फिदिम ९फेदेन० हुँदै इलामको चिया बगान अवलोकन गराउने अथवा ‘तीन जुरे, मिल्के र जलजले ९टीएमजे०, गुफा पोखरी, सम्दु, खाम्लालुङ, हाङपाङ, दोभान हुँदै पाथीभरा देवी ९मुक्कुमलुङ० दर्शन गराउने टुर प्याकेज बनाउन सकिन्छ । स्मरणीय छ, पाथीभरा डाँडोबाट पश्चिमतर्पm मकालु हिमाल, चाम्लाङ हिमाल, मेरा पिक हिमालदेखि लिएर पूर्वका कञ्चनजंघा ९सेवालुङ०, कुम्भकणर् ९फक्ताङलुङ०, किरात चुली, नेपाल पिक, गिमीगेला, टेन्ट पिक लगायत कयौं साना(ठूला हिमालहरु हेर्न, अवलोकन गर्न सकिन्छ । यसका लागि हामीले कम्तिमा पनि ९ दिनदेखि बढीमा १२(१३ दिनसम्मको ‘टुर प्याकेज’ बनाउन सक्छौं । खाम्लालुङ हुँदै सक्रान्ती बजार जाने क्रममा बाटामा ‘लीः ढूगा’ भन्ने ठिकठिकैको ढुंगो रहेको छ । बुढापाकाहरुका भनाइअनुसार उहिल्यै महिला र पुरुषले सो ढुंगोबाट जसले पिसाव गरेर(फेरेर वारपार गराउन सक्छ, उसले बाजी जित्ने भनेर प्रतिस्पर्दा भएछ । त्यसरी बाजी रोपछि प्रतिस्पर्धा हुने क्रममा पुरुषलाई महिलाले जितेकी ९महिलाले पिसाव फेरेर पार गराएको पुरुषले पार गराउन नसकेको भनाइ रहेको छ० थिईन् रे । अहिले पनि ‘लीः ढूगा’ पुग्दा बुढापाकाले भनेको कुरो सम्झने गरिन्छ ।सभार नयाँ बुलन्द बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्