समय : ०२:४३ pm | सोमबार , भाद्र २९ गते २०८३

त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँलाई ३–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाईनलमा

सेवालुङ खवर | भाद्र ६ गते २०८१

ताप्लेजुङ, ताप्लेजुङमा आज झापाका बिर्तामोड युनाईटेड फुटबल क्लब र काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब बीच क्वाटर फाईनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँलाई पछी पार्दै ३–० गोलको अन्तरले झापा बिर्तामोड युनाईटेड फुटबल क्लब पराजित भएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङमा भएको खेलमा झापा बिर्तामोड युनाईटेड फुटबल क्लबले ३–० गोलले काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लबलाई पररजित गर्दै सेमी फाईनल प्रवेश गरेको हो । आज दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा बिर्तामोड युनाईटेड फुटबल क्लब र दुबै टीम बिच रोचक खेल भएको थियो । त्यस्तै आजको खेलमा दर्शकहरुले धेरे मन पराएकोे आयोजकले बताएका छन् । काठमाडौँको टीममा राष्ट्रिय खेलाडीहरु रहेको बताइएको छ । नेपालको पुर्व चर्चित खेलाडीहरु ताप्लेजुङको मैदानमा आज आएका थिए । बिभिन्न खेलमा अनुभव भएका साथै बिभिन्न लिग खेलेका अनुभबी खेलाडी भएकोले खेल जित्दै सेमिफाइनल प्रबेशको गर्ने लक्ष्यका साथमैदानमा उत्रिएका थिए । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुने भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्