ताप्लेजुङ, ताप्लेजुङको ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण यहि भाद्र ३ गतेबाट सञ्चालन हुने लाखेजात्रा संचालन समितीले जनाएको छ । लाखेजात्रा संचालन समितीले मंगलबार फुङलिङ स्थित सामुदायिक भवन सिटीहलमा पत्रकार सम्मेलन गरेको हो । आगामी भाद्र ३ गते बाट १० गते एक सातासम्म संचालन हुने बताएको छ । गोल्डकपको खेल हुने स्थान ताप्लेजुङ श्रि लभानु जन उच्च मा.वि.का प्रगणमा एकसाता सम्म हुने संचालन समितीले जनाएको छ । उक्त संचालहुने खेल प्रतियोगितामा भिविन्न जिल्ला लगायत संर्घष स्पोटिङ क्लब, ताप्लेजुङ,वाइवाइ पाँचथर,फुटबल क्लव,सगरमाथा स्पोर्टिङ क्ल्व मोरङ,सलहेश यूथ क्लब,सिराहा त्रिभुवन आर्मी क्लब ,काठमाडौं र बुटवल एफसिले गोल्डकपले सहभागिता जनाउने भएको छ । सहभागिता जनाउने आधिकांस टिमले भने चाहिं गाल्डकपमा ईछा देखाएकाले को कसलाई उक्त खेलमा समावेश गाराउने भन्ने बारे केहि दिनपछी टुङगो लाग्ने संचालन समितीले जनाएको छ । सदाझैं लाखेजात्राको पर्व संचालन हुदैं आएको थियो र कोरोना संक्रमण कालमा ३ वर्षसम्म स्थगित राएको थियो । उक्त दिन पश्चात गोल्डकप फेरी संचालन हुदैं आएको थियो । ताप्लेजुङ गोल्डकपले पुरस्कार वृद्धि गरेको संचालन समितीले जनाएको छ । यसवर्षको विजेताले नगद ५ लाख ५ सय ५५ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । अघिल्लो गत वर्षको तुलनामा बिजेताको नगद राशी २ लाख ६१ हजार, र उपबिजेताको १ लाख रुपैयाँ वृद्धि गरिएको लाखेजात्रा संचालन समितीका अध्यक्ष गुरुङले बताउनु भएको छ । त्यस्तै खेल अवधिभरका सर्वाेत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र कोचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रत्येक खेलको म्यान अफ दि, म्याचलाई समेत नगद ५ हजार, रपैयाँ उपलब्ध गराउने संचालन समितिको भनाई छ । समितिले खेल अवलोकनकर्ताका लागि प्रवेश शुल्क समेत निर्धारण गरेको र प्रमुख आम्दानी नै टिकट बिक्रीलाई मानेको समितिले टिकट दर ३ ओटा वर्गमा निर्धारण गरेको छ । क्वाटर फाईनल खेलका लागि रु १००, सेमि फाईनलका लागि २००, र फाईनल खेलका लागि २ सय ५०, रुपैयाँ टिकट दर निर्धारण गरेको छ । गत वर्ष खेल हेर्ने दर्शकले टिकट काटेर पनि ठाउँ अभाबका कारण प्याराफिटमा बसेर खेल हेर्न नपाएको गुनासो आएको हुनाले उक्त गुनासोलाई सुनुवाइ गर्दै प्याराफिटको क्षमतालाई बढाउने तयारी भैरहेको संचालन समितीले जनाएको छ ।
आगामी भाद्र ३ गतेबाट १० गते सम्म ताप्लेजुङ गोल्डकप सञ्चालन हुने,








