समय : ०२:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

मानाभरा गोल्डकपमा नवप्रयास युथ क्लब सेमिफाइनलमा

सेवालुङ खवर | पौष १८ गते २०८२

ताप्लेजुङ, पुस १७ । ताप्लेजुङको फुङलिङका हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको खेलमा मेरिङ्देन गाउँ पालिका–४ लिङ्तेपको प्रगतिशील युवा क्लबलाई २–० गोलले पराजित गर्दै नवप्रयास सेमिफाइनलमा पुगेको हो । नवप्रयासको जितका लागि दुवै गोल निश्चल मोक्तानले गर्नुभएको थियो ।यता प्रगतिशील युवा क्लबका खेलाडीले गोल फर्काउने अन्तिमसम्म प्रयास गरे पनि सफल हुन सकेनन् । नव प्रयाससँग पराजित प्रगतिशीलले प्रतियोगिताबाट बाहिरिनुपरेको छ । यता बिहीबारको खेलसँगै आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगिताको क्वार्टरफाइनल चरणको समीकरण पूरा भएको छ । अब शुक्रबार एकैदिन सेमिफाइनल चरणको दुई खेल हुने आयोजक मानाभरा स्पोर्टिङ क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो । प्रतियोतिगामा यसअघि माछापोखरी हिटी क्लब चाँगे, लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिम र जनसेवा आदर्श क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा पुगेका छन् । क्लबका अध्यक्ष दाहालका अनुसार शुक्रबार हुने सेमि फाइनलको पहिलो खेल माछापोखरी हिटी क्लब र जनसेवा आदर्श क्लबबिच हुने छ । दोस्रो खेल लालीगुराँस स्पोर्टिङ युवा क्लब र नवप्रयास युथ क्लबबिच हुने छ । प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल भने शनिबार हुने आयोजकले जनाएको छ । चन्द्र पन्दाक ’प्रयास’

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्