ताप्लेजुङ, ताप्लेजुङको सिरिजङगा गाउँपालिका ३ वरक्पादेनमा क्षितिज युवा क्लबले खुल्ला पुरुष तथा महिला फुटबल रनिङकप खेलाउने भएको छ । उक्त खेल २०८१ दशैं तिहारको अवसरमा खेलाउने भएकोे आयोजकले जनाएको छ । साथै अन्य खेलहरु भाले झार्ने, डोरी तान्ने लगायत खेलहरु खेलाउने भएको छ । खेल फिफाको नियम अनुसार खेलाउने खेल नकआउटको आधारमा फुटबल खेलाडी ५ जना र अति रिक्त २ जना हुने खेल खुल्ला क्लब स्तरिय र डोेरी तान्ने ५ जनाको समुह हनु पर्ने क्षितिज युवा क्लबका अध्यक्ष राजेन्द्र काङ्भा लिम्बूले बताएका छन् । खेलमा प्रतियोगिताको पुरुष बिजेतालाई आयोजकबाट, नगद २७ हजार र उप बिजेतालाई १६ हजार,विक्रम,सपना,ईधिङगो काङ्भाले गरेको छ र महिला महिला तर्फ बिजेतालाई नगद प्रायोजक भने स्व पूर्ण कुमारी परा काङ्भाको परिवरले १५ हजार उप ८ हजार रुपैयाँ राजेन्द्र लिम्बू वी,,ले गरेको छ। त्यसतै श्रि लक्ष्मी आ.वि तर्फबाट,मेडल र प्रमाण पत्र प्रदान गर्ने भएको छ । त्यसतै आयोजकबाट भाले झार्ने,बिजेतालाई ५ के.जी.प्राप्त गर्ने छ डोरी तान्ने बिजेतालाई नगद ५ हजार आयोजकले ट्रफी,प्रदान गर्ने बाताएको छ । उत्कृष्ट खेलाडीहरुलाई उत्कृष्ट गोल रक्षक उत्कृष्ट डिफेन्डरलाई सम्मान स्वरुप ट्रफीको व्यस्था गरिएको छ ।
सिरिजङगा गाउँपालिका ३ वरक्पादेनमा खुल्ला पुरुष तथा महिला फुटबल रनिङकप हुने,








