ताप्लेजुङ ताप्लेजुङको पाथीभराक्षेत्र विकास समितीले पत्रकार सम्मेलनगरी आय व्ययको रकम सार्वजनीक गरेको छ ।नेपालकै पवित्र तिर्थस्थल पाथीभरा माताको पवित्र मन्दिरमा दर्शनार्थीहरुले चढाएको रकम निम्न अनुसार आर्थिकवर्ष २०८०/०८१को पाथीभराक्षेत्र विकास समितीले पत्रकार सम्मेलनगर्दै सार्वजनीक गरेको हो । वार्षीक भेटीघाटी जम्मा संकलन ३,९८,४१९५८ रकम सार्वजनीक गरेको छ भने आन्तरिक आयविवरण तर्फ गत बर्षको अल्या अनुसार ७९३८७३१५.२२ पँुजीगत ब्यय विवरण तर्फ १६२५९२८७.६४, चालु पँुजीगत १२८०९९२५१.३७ अनुदान तर्फ ५२५७९८९.९९ ब्यय १३९०३०११.३९,जम्मा रकम सार्वजनीक गरेको पाथीभराक्षेत्र विकास समितीले बताएको छ । पाथीभराक्षेत्र विकास समितीको विवरण अनुसार त्यस्तै गरी पूर्वकै तीर्थस्थल शक्तिपीठ यस आर्थिक वर्षमा २०८०/८१ मा साउन देखी अषार मसान्त सम्ममा २,३१३३४ जनाले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ । माता पाथीभरा को पवित्र मन्दिर पूर्वकै तीर्थस्थल शक्तिपीठ रहेकोलाई अझ थप ब्यस्थापन र प्रचार,प्रसार गर्न र स्थानीय सञ्चार कर्मी लगायत पाथीभरा क्षेत्र विकास समिती सँग परमर्श भएको थियो ।
पाथीभराक्षेत्र विकास समितीले गर्यो २०८०/०८१ आय व्ययको रकम सार्वजनिक








