समय : ०८:२२ pm | बिहिबार , श्रावण १४ गते २०८३

ताप्लेजुङको भूमि प्रशासन कार्यालयले चार करोड १९ लाख भन्दा बढी राजस्व सङ्कलन

सेवालुङ खवर | श्रावण ८ गते २०८३

ताप्लेजुङ, ताप्लेजुङको भूमि प्रशासन कार्यालयले चार करोड १९ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८२–८३ को साउन महिना बाट असार मसान्त सम्ममा कुल जम्मा चार लाख १९ हजार ६० हजार ८२५ रुपियाँ राजस्व सङ्कलन भएको ताप्लेजुङको भूमि प्रशासन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२–८३ को साउनदेखि असार मसान्त सम्ममा प्रदेश आर्थिक ऐन अन्तरगत संकलित रजिष्ट्रेशन तथा सेवा शुल्क जम्मा भएको ताप्लेजुङ भूमि प्रशासन कार्यालयलका खड्ग प्रसाद गुरुङले बताउनु भएको छ । रजिष्ट्रेशन दस्तुर,न्यायीक सेवा,मोठ रोक्का,कम्प्यूटर प्रतिलिपी,पुँजीगत लाभकर गरी जम्मा भएको भूमि प्रशासन कार्यालयले जनाएको छ । त्यस वापत स्थनीय सरकार ६० प्रतिशत, १करोड, ३८ लाख, ४ हजार, २ सय ८३, र प्रदेश सरकार ४० प्रतिशत,९२लाख,१३ हजार,७ सय ६८रुपैयाँ, स्थनीय सरकार र प्रदेश सरकारको बैंक खातामा जम्मा हुने भूमि प्रशासन कार्यालयले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्