समय : ११:४९ am | शनिबार , भाद्र २७ गते २०८३

उच्च मूल्यबाट २ सय रुपियाँ घट्यो सुनको मुल्य,

सेवालुङ खवर | जेठ २१ गते २०८१

काठमाडौ समाचारदाता जेठ,२० गते सुनको उच्च मूल्य तोलाको २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका भनाई अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा पहिलो इतिहासकै उच्च मुल्य हो । बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढे पछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताएकाछन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्