समय : ०८:२८ pm | शुक्रबार , वैशाख ४ गते २०८३

आज सुन तोलामा ९ सय बढ्यो

सेवालुङ खवर | मंसिर १२ गते २०८१

काठमाडौं,१२ मंसिर – स्थानीय बजारमा सोमबार र मंगलबार उच्च अंकको गिरावट आएको सुनको मूल्य बुधबार भने बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो ।चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी यस दिन १८३० रुपैयाँ पुगेको छ ।साभार

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्