समय : ०८:२७ pm | शुक्रबार , वैशाख ४ गते २०८३

दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री

सेवालुङ खवर | असाेज २८ गते २०८१

खाँदबारी/पूर्वी पहाडी जिल्ला सङ्खुवा सभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् ।भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाट बजारमा ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो।खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैंँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ।साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन्। स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताए। सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो। किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन्। जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसँैको लागि ल्याइएको खसीहरु खरिद बिक्री गर्दै स्थानीय । अहिले खसीको मूल्य प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्म बिक्री भइरहेको छ।साभार:-ब्लाष्ट खबर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्