समय : ०८:२१ am | बुधबार , कार्तिक २६ गते २०८३

मादेन सहित सयौँको संख्यामा नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश

सेवालुङ खवर | कार्तिक १८ गते २०८३

ताप्लेजुङ – पूर्व संबिधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार फुङ्लिङमा आयाजित पार्टीको पहिलो स्थापना दिवसमा उहाँ श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको हो । मादेनलाई श्रम संस्कृति पार्टीका प्रदेश कमिटी अध्यक्ष प्रताप राई, उपाध्यक्ष लाक्पा तामाङ, ताप्लेजुङका अध्यक्ष निमा शेर्पा लगायतले स्वागत गर्नुभएको थियो । यो संगै मादेन आजबाट औपचारिक रुपमा श्रमदाता भएको पार्टीका जिल्ला अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।मादेन तत्कालिन नेकपा माओबादी केन्द्रबाट २०६४ सालमा समानुपातिक कोटाबाट संबिधानसभा सदस्य बन्नुका साथै २०७० को दोस्रो संबिधानसभा सदस्यको निर्वाचनमा समेत उम्मेद्धार बन्नुभएको थियो । मादेन लामो समय राजनीतिक क्रियाकलापबाट टाढा हुनुहुन्थ्यो । पार्टी प्रबेश गरेसंगै उहाँले कुनै पदको लोभले पार्टी प्रबेश नगरेको बताउनुभएको छ । रेडियो तमोर संगको कुराकानीमा मादेनले पदको लोभले नभई कुशल श्रमदाताको रुपमा पार्टीमा समाहित भएको बताउनुभयो । ‘म पनि घरमा श्रम गरिरहेको छु, मलाई श्रम गर्न मन पर्छ उहाँले भन्नुभयो, ‘कुनै समय कम्युनिष्टले पनि श्रमको कुरा गरे, ‘तर नेताहरु पदमा लोभिए, अहिले हर्क सम्पाङ सच्चा श्रमदाता र भुईमान्छेको अभिभावक जस्तो लागेर पार्टीमा आएँ, उहाँले भन्नुभयो । अब तपाईको भूमिका के हुन्छ भन्ने प्रश्नमा उहाँले आफू सल्लाहकारको भूमिकामा इच्छा राखेको पार्टीमा रहेर गरिब र किसानको पक्षमा काम गर्ने तथा पार्टीले दिएको जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्ने बताउनुभयो ।यस्तै दिवसकै अवसरमा सिदिङवा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जीवन ताम्लिङ समेत श्रम संस्कृति पार्टी प्रवेश गर्नूभएको छ । २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित हुनु भएका ताम्लिङ श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको छ । ताम्लिङ नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७९ सालमा भएको दोश्रो स्थानीय तहको निर्वाचनमा ताम्लिङ १ मतले पराजित हुनु भएको थियो । पार्टीको प्रथम स्थापना दिवसको अवसरमा मादेन र ताम्लिङ सहितका अन्य नेताहरु समेत पार्टीमा प्रवेश गरेको अध्यक्ष शर्पाले जानकारी दिनुभयो ।–वित्रम लाम्गदे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्