समय : ०८:२१ am | बुधबार , कार्तिक २६ गते २०८३

ताप्लेजुङको दोभान बजारका अग्नि पीडितहरूलाइ राहत वितरण

सेवालुङ खवर | कार्तिक २१ गते २०८३

ताप्लेजुङको दोभान बजारका अग्नि पिडितहरूलाई एक लाख रुपैयाँ राहत वितरण गरेको छ । गत महिना २०८३ असोज ८ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ मा भीषण आगलागी भएको थियो । उक्त अग्नि पीडितहरूलाई २०८३ कार्तिक १९ गते विहिबारका दिन १६ घर परिवारलाई प्रति परिवार रु, ६ हजार २५० रुपैयाँको दरले जम्मारु एक लाख रुपैंयाँ राहत रकम प्रदान गरिएको थाक्थाक्कुम मावोहाङ अन्छङबो लिम्बु कल्याणकारी कोष नेपालका महासचिव अम्मर अन्छङबो लिम्बुले बताउनुभयो ।

त्यसैगरी मेरिङदेन गाउँपालिकाका वडा अध्यक्ष गजेन्द्र कुमार नाल्बुको विशेष उपस्थितिमा उक्त अग्निपीडित परिवारहरूलाई राहत रकम वितरण गरिएको थियो । गत महिना असोज ८ गते भएको आगलागीमा ८ घर धनीका १० घर जल्दा १४ करोड ५६ लाख भन्दा बढी क्षति भएको थियो । संस्थाका महासचिव बताउनु हुन्छ– हामी निरन्तर मानव सेवामा लागिरहेका छौं । संस्थाको स्थापनाकाल २०७९ मा भएपनि २०७२ साल देखि नै निरन्तर रुपमा मानव सेवामा लागि परेको बताउनुभयो ।

संस्थाले अन्छङबो परिवार भित्र जटिल रोगद्धारा ग्रसित बिरामीहरुलाई उपचार सहजताको लागि आर्थिक सहयोगहरु जुटाउँदै आएको पनि छ । हाललाई ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नम्बर ३ मा रहेको दोभान बजारमा असोज महिनाको ८ गते भएको दुखद आगलागि पीडितहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको अन्छङबोले बताउनुभयो र यस्तो सहयोगले पक्कै पनि पीडितहरूको पीडालाई केही सहज बनाउन प्रेरित बनाउने अन्छङबोले बताउनुभयो ।

थाक्थाक्कुम मावोहाङ अन्छङबो लिम्बू कल्याणकारी कोष नेपाल र अन्छङबो कल्याणकारी कोष हङकङका सम्पूर्ण पदाधिकारी ज्यूहरू र सम्पूर्ण अन्छङबो परिवारलाई हार्दिक धन्यवाद दिँदै राहत वितरणलाई सहयोग गरी सहज बनाईदिनु भएकोमा हार्दिक आभार प्रकट पनि गर्नुभएको थियो । र उक्त राहत कार्यक्रममा आप्नो व्यस्तता समयलाई थाती राखेर उपस्थित हुनुभएका मेरिङदेन ३ खाम्लुङका वडा अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ उपशाखा दोभानका अध्यक्षज्य ूप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्नुभयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्