ताप्लेजुङ ताप्लेजुङको पाथीभरा बहुमुखि क्याम्पसले १८ वर्षपछि क्याम्पस पोसाक परिवर्तन गराएको छ । भदौ देखि क्याम्पसमा लागु हुनेगरी निलो रङको सर्ट, पैण्ट, कोट, कुर्ता,कालो रङ्को सरुवाल लागु गरेको छ । यसअघि सेतो रङको रहेको थियो र १८ वर्ष अघि छात्राका लागि साढी चोलो र छात्रका लागि सेतो सर्ट पैण्ट थियो । बिद्यार्थीहरुको छलफलमा पोशाक परिवर्तन गर्ने निर्णय भएको क्याम्पस प्रमुख सजन पौडेल ले वताएको छ । केहि समय अघि बाट एउटै पोसाक भएको थियो । फरक पर्दापनि खासै आर्थिक भारचाहिं नपर्ने भएकाले गर्दा बिद्यार्थीहरुको छलफलमा पोशाक परिवर्तन गर्ने निर्णय गरिएको पौडेल ले वताएका छन् । छात्राले लगाउने कुर्ता सरुवालमा नौ सय रुपैंया पर्ने जनाइएको छ । सरवालभनें पुरानै रङको भएको क्याम्पस प्रशासनले लागु गरेको छ ।सर्ट, पेण्ट र कोट समेतका लागि भनें ८ हजार ८ सय सम्ममा तयार हुने बिद्यार्थीले जनाएको छ । पाथीभरा क्याम्पसमा स्नातक र स्नातकोक्तरमा गरी नौसय बढी बिद्यार्थी अध्ययनरत रहेका छन । विहान मात्रै कक्षा सञ्चालन हुने क्याम्पसले अव दिउसो कम्प्युटर, अग्रेजी भाषा, शिक्षक सेवा लोक सेवाका कक्षापनि सञ्चालन गर्ने भएको छ । ह्युमन प्राक्टिस फाउण्डेसनले कम्प्युटर ल्याव स्थापना गरिदिएपछि दिउसोको कक्षापनि सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख पौडेलले वताएको छ । यस्को लागिभने बिद्यार्थीले न्युनतम शुल्क लागु हुने छ। शुल्क लागु हुने निर्णय गरेका छैनौं,’ क्याम्पस प्रमुख पौडेलले भने, ‘थोरै शुल्कमा सबैखाले कक्षा सञ्चालन गर्छाैं । जिल्लामा रहेका शिक्षक र अनलाईन बाट दक्ष शिक्षकको समय मिलाएर कक्षा सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसको आयश्रोतपनि बड्ने र थप कक्षा लिन चाहनेले एकै ठाउ“मा सेवा लिन सक्ने भएकाले विद्यार्थीका लागि अवसर पनि हुने बुझाई क्याम्पस प्रशासनले बताएको छ ।
ताप्लेजुङको पाथीभरा बहुमुखि क्याम्पसले गर्यो पोसाक परिवर्तन








