समय : ०२:०५ pm | आइतबार , भाद्र २८ गते २०८३

लोक गायक एलपी जोशीको निधन

सेवालुङ खवर | श्रावण १२ गते २०८१

‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’ लगायतका गीतका गायक एलपी (लक्ष्मीप्रसाद) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।जोशीको विहीबार साँझ ८ बजेर ५ मिनेट निजी निवासमा नै निधन भएको थियो ।२०१३ सालमा पहिलोपल्ट रेडियो नेपालमा गीत रेर्कड गरेका जेशीका ‘ओल्लो खोला, पल्लो खोला–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’ जस्ता गीतहरू धेरै लोकप्रिय छन् ।नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’मा मुख्य भूमिकामा समेत अभिनय गरेका जोशीले नौवटा चलचित्रमा अभिनय गरेका छन् । दुुई भाइ छोरो मध्ये जेठा छोरासँग झापाको दमक नगरपालिका वडा नं. १ फाल्गुनन्द चोकमा बस्दै थिए । जोशीले झापालाई नै उनले कर्मथलो बनाएर गायन जीवनको लामो समय मोफसलमै बिताउँदै आएका थिए । जोशीको शवलाई शुक्रबार दिनको ११ः०० बजेपछि कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । साभार साहित्यपोस्ट डटकम

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्