समय : ०२:०५ pm | आइतबार , भाद्र २८ गते २०८३

आज, नेपालभर लिम्बु समुदाय हरुले सिसेक्पा तङनाम साउने सङ्क्रान्ति मनाउदै,

सेवालुङ खवर | श्रावण २ गते २०८१

२०८१ साउन १ गते नेपालभर लिम्बु समुदाय हरुले सिसेक्पा तङनाम साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति पर्व मनाएको छ । सौरमान अनुसार सूर्य दक्षिणा यनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आज साउन महिनाको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिएको हो । कृषिप्रधान देश हाम्रो नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानहरुले आज हिलोमैलो पखाली आफ्ना इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलन छ । बर्खामास असारे हिलोबाट आउन सक्ने रोग,ईत्यादीबाट जोगिन लुतो फाल्ने प्रचलन उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास रहेको किमदन्ती कथामा आधारित छ । आज विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिको रूपमा प्रयोगहुने वनस्पति समेत अन्न,बाली आआफ्ना घरआँगनबाट चारै दिशामा डोरीबाटी झुन्ण्याएर तामझाम गर्दे अगुल्टोद्वारा नाङलो ठठाई लुतो फाल्ने गरिन्छ । लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिंदैन ।पछिल्लो समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिक स्थलमा सामाजिक रुपमा रहेतापनी लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ । महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो साउने चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको ज्यादैनै महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन रहेको जानकारहरुको भनाई सुन्नमा पाईन्छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।यसरी नै अनिकाल शाकाल रुपयाँ उपियाँ,दुखःसुख हटीजावस भनी साउने संक्रती मनाईन्छ । हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँने गरको भने माघे संक्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । र कक्पेक्वा तङनाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङनाम लौ बाँचियो भनेरसंक्रान्ति पर्वलाई सिसेक्पा तङ्नाम तङनामको रुपमा मनाउँदै आएको ।किरातीहरुले सिसेक्पा तङनाम (साउँने संक्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङंक्रान्ति)लाई महान पर्वको रूपमा मनाईन्छ । “सिसेक्पा तङ नाममा मनाउने क्रममा आदिम कालदेखि बसि आएका विभिन्न आदिवासी÷जन जातिहरू पूर्वका किरात लिम्बू,राई तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने संक्रान्ति पर्वलाई सिसेक्पा तङ्नाम तङनामको रुपमा मनाउँदै आएको छ । सक्ने बच्चादेखि युवा(युवतीहरूले घरमुली बुढा पाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घर भित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछ । भूभप्रेत वा भौतिक शत्रुहरू आदिलाई खेदाइएका हुँदैनन्, विचरा किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा’ संङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ’अनिकाल वा दुःख(पीडा’लाई त्यसरी पर्वको रूपमा लिम्बू,राई तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने संक्रान्ति पर्वलाई सिसेक्पा तङ्नाम तङनामको रुपमा मनाउँदै आएको छ । सक्ने बच्चादेखि युवा(युवतीहरूले घरमुली बुढा पाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घर भित्रबाट बाहिरतिर खेदाएर निकाल्ने मनाउँदै खेदाएर रमाएका हुन्छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्