समय : ०१:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो मौलिक नामलेख्ने अभियान,सुरु

सेवालुङ खवर | असार १४ गते २०८१

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्चले आफ्नो नाम पछाडि मौलिक नामलेख्ने अभियान सुरु गरेको छ ।मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक)को अध्यक्षतामा सम्पन्न केन्द्रीयसमिति बैठकले आफ्नो नामको पछि आफ्नो मातृभाषामा नाम अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार पाँचथर,मोरङ लगायतका ताप्लेजुङ,जिल्लामा मञ्चका १ सय ५० भन्दाबढी सदस्यहरूले आफनो नामको पछाडि मातृ भाषामा मौलिक नाम राखि सकेको मञ्चका केन्द्रीय महासचिव भूपेन्द्र सुन्दर लावती हाडले जानकारी दिएका छन् । उनका भनाई अनुसासार देशभर यो अभियान सञ्चालन हुने उनले बताए ।मातृभाषाको नाम सहितको १ लाख क्रियाशील सदस्यता वितरण गरे पछि नागरिकतामा नाम सच्याउन गृह मन्त्रालयलाई निवेदन दिइने उनले बताए । यससंगै मातृ भाषालाई सरकारी भाषा बनाउन दबाव दिइने र आफ्नो माग प्रति बेवास्तागरे विद्रोह गर्ने बैठकले निर्णयगरेको उनले बताए ।बैठकमा अध्यक्ष लिङदेनले धर्म, संस्कृति भन्दा मातृभाषा पुरानो भएकाले मातृ भाषाले समुदायलाई जोडेर राखेको बताउदै भने,’मातृभाषालाई लोकसेवा आयोगको भाषा वा सरकारी कामकाजको भाषा बनाउने हो भने एकैपटकमा हजारौं मातृभाषी आदिवासी हरूले जागिर पाउँछन् ।’ उनले मातृ भाषा जोगाउन सबै एकजुट हुनुपर्ने बताए । सोही अभियान अन्तर्गत १९ वर्षको क्रियाशील सदस्यता र साधारण सदस्यतालाई हटाएर मातृभाषाको नामसहित नयाँ क्रियाशील सदस्यता, साधारण सदस्यता वितरण गर्ने निर्णयगरेको उनले बताएका छन् ।पार्टीका महासचिव लावतीले मातृभाषा,पहिचान र अस्तित्व जोगाउने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने,सबैले पार्टीदेखि माथि उठेर आ–आफ्नो पहिचानलाई संस्थागत गर्नका लागि सात भाषाको प्रयोग गर्न अनिवार्य आवश्यक रहेको बताए ।साभार बल्लाष्ट पत्रिकामा प्रकाशित,

फोटो बसन्त लाबुङ लिम्बू ताप्लेजुङ्,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्