समय : १२:३५ pm | आइतबार , भाद्र २८ गते २०८३

नेपाल प्रेस युनियन ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनबाट कृष्ण फुरुम्बो लिम्बू अध्यक्षमा चयन,

सेवालुङ खवर | भाद्र २० गते २०८३

ताप्लेजुङ,भदौ २० । नेपाल प्रेस युनियन ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनले कृष्ण फुरुम्बो लिम्बू अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मच चयन गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा ताप्लेजुङ अधिबेशन प्रतिनिधि भीमकुमार बाँस्कोटाका अनुसार युनियनको उपाध्यक्षद्धयमा तरुण भारती र रञ्जना गुरुङ,सचिवमा बिक्रम लामगादे, सहसचिवमा किरण भट्टराई र कोषाध्यक्षमा सौगात बिष्ट चयन हुनु भएको छ । अधिबेशनले ६ जना केन्द्रीय महाधिबेशन प्रतिनिधिको समेत चयन गरेको छ । केन्द्रीय महाधिबेशन प्रतिनिधिमा आनन्द गौतम, देवराज गुरुङ, माला पालुङ्वा, सन्तोष पुर्कुटी, ताराप्रसाद सिटौला र धर्मप्रसाद पौड्याललाई चयन गरेको छ । अधिबेशनले ६ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । – उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्