समय : ०१:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

भोटेकोशी बाढीमा ताप्लेजुङका चारजना सम्पर्कविहीन

सेवालुङ खवर | भाद्र ११ गते २०८३

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण ताप्लेजङका चारजना सम्पर्कविहीन हुनुभएको छ । पारिवारिक स्रोतका अनुसार मजदुरी गर्न गएका र जलविद्युत आयोजनामा कार्यरत चारजना हाल सम्पर्कविहीन हुनुभएको हो । सम्पर्कविहीन हुनेमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका तीन जना र पाथीभरा याङ्वरक गाउँपालिकाका एकजना रहनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनका पासाङतेन्जी शेर्पा, ङिमा साङ्गे शेर्पा र पासाङ शेर्पा सम्पर्कविहीन हुनुभएको स्थानीय शान्ता गुरुङले जानकारी दिनुभयो । आठराई त्रिवेणी गाउँकार्यपालिका सदस्यसमेत रहनुभएकी गुरुङका अनुसार शेपाहरू रसुवामा मजदुरी गर्न जानुभएको थियो । गत असारमा मात्र उहाँहरू एक जलविद्युत आयोजनामा मजदुरी गर्न जानुभएको र कुन आयोजना भन्ने विषय आफूलाई थाहा नभएको गाउँकार्यपालिका सदस्य गुरुङको भनाइ छ ।उहाँहरू मङ्गलबार बेलुकासम्म परिवारको सम्पर्कमा रहनुभएको तर बुधबार बिहान भोटेकोशी नदीमा बाढी आएपछि भने सम्पर्क नभएको परिवारलाई उधृत गर्दै कार्यपालिका सदस्य गुरुङले बताउनुभयो । यसैगरी पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुका भीष्म चापागाइँ पनि भोटेकोशीमा बाढी आएपश्चात सम्पर्कविहीन हुनुभएको छ । नुवाकोटस्थित त्रिसुली–३ ‘बी’ जलविद्युत आयोजनामा कार्यरत चापागाइँ अहिले सम्पर्कविहीन हुनुभएको उहाँका आफन्त गङ्गाराम कटुवालले जानकारी दिनुभयो । यसैबीच, आठराई त्रिवेणी गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले बिहीबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर भोटेकोशी बाढीका पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुका अनुसार गाउँपालिकाको तर्फबाट एक लाख रुपियाँ र जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट सहयोग गरिने भएको छ ।पालिकाका सबै जनप्रतिनिधिको १५ दिन र कर्मचारीको १० दिन बराबरको तलबको रकम सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पोमुले जानकारी दिनुभयो । सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाले पनि पालिकाको तर्फबाट एक लाख रुपियाँ र पालिकाका जनप्रतिनिधिको एक दिन र कर्मचारीको दुई दिन बराबरको पारिश्रमिक (तलब) रकम सहयोग गर्ने निर्णय भएको छ ।बाढी पीडितका लागि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बिहीबार एक सूचना जारी गर्नुहुँदै रसुवा, नुवाकोट लगायतको भोटेकोशीमा आएको बाढीका कारण जिल्लाबासी कोही सम्पर्कविहीन भएको भए खबर गर्न आग्रह गर्नुभएको छ ।रोजगारी, व्यापार, भ्रमण लगायतको सिलसिलामा परिवारका सदस्यहरू जानुभएको र हालसम्म सम्पर्कमा भए÷नभएको यकिन गरी जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूमा खबर गर्न प्रजिअ दाहालले सबै पक्षलाई आग्रह गर्नुभएको छ । गोरखापत्र अनलाइन  : चन्द्र पन्दाक ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्