समय : ०२:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

खोलेमा डुबेर फुरुम्बुका एक गम्भिर घाइते भएका ४ बर्षे बालकको मृत्यु

सेवालुङ खवर | श्रावण ३० गते २०८३

ताप्लेजुङ, साउन २९ । खोलेमा डुबेर गम्भिर घाइते भएका ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका ४ बर्षे एक बालकको मृत्यु भएको छ । फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बैशाखे भालुखोप निवासी तिलकसिंह लिम्बू तथा पवित्रा लिम्बूका ४ बर्षिय छोरा सेसेहाङ लिम्बूको मृत्यु भएको हो । वडाध्यक्ष लिम्बूका अनुसार सेसेहाङ घरमै खेल्ने क्रममा बिहीबार अपरान्ह अचानक खोलेमा पर्न गई डुबेर गम्भिर घाइते हुनु भएको थियो । घाइते बालकको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटारमा पु–याउँदा मृत्यु भएको मृतकका परिवारका सदस्यलाई उद्धृत गर्दै वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। मृतकका बारेमा स्थलगत सर्जमिन मुचुल्का तयार भई पोष्टमार्टम सहितका आवश्यक प्रकृया प्रारम्भ भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।–उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्