समय : ०५:१८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा पहिरोले घर पूर्ण रूपमा क्षति, वडा अध्यक्षको घर पनि जाेखिममा,

सेवालुङ खवर | श्रावण ५ गते २०८३

ताप्लेजुङ, साउन ५ । ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका–१, नेवारेमा आज बिहान करिब ५:०० बजे गएको पहिरोले स्थानीय जिबनाथ बानियाँको घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।निरन्तर वर्षापछि आएको पहिरोका कारण घर पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यस्तै, वडा नं. १ का अध्यक्ष गोपाल बानियाँको घर पनि पहिरोको उच्च जोखिममा परेको बताइएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको छ । क्षतिको यथार्थ विवरण तथा मानवीय क्षतिसम्बन्धी जानकारी आउन बाँकी रहेको स्थानीय स्रोतले जनाएको छ । स्राेत : स्थानीय सिदिङवा बासिन्दा र सामाजिक संजालबाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्