साउन ४,पाँचथर पाँचथरको फिदिम नगरपालिका–४ स्थित लक्ष्मी ट्रेड एण्ड इन्टरप्राइजेजको इन्धन भण्डारण ट्यांकीमाथि पहिरो खसेपछि पेट्रोल तथा डिजेलको बिक्री–वितरण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। लगातारको वर्षापछि आएको पहिरोले पम्पको भण्डारण ट्यांकी रहेको क्षेत्रमा क्षति पुर्याएपछि थप जोखिम हुन नदिन इन्धन बिक्री तथा वितरण कार्य तत्कालका लागि रोकिएको पम्प व्यवस्थापनले जनाएको छ।पम्प बन्द भएसँगै स्थानीय उपभोक्ता तथा सवारीसाधन चालकहरू इन्धन अभावको समस्यामा परेका छन्। सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी जोखिम मूल्याङ्कन गर्ने तथा पहिरो हटाएर सुरक्षित वातावरण बनेपछि मात्रै पुनः सेवा सञ्चालन गरिने बताइएको छ।पहिरोका कारण भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। मानवीय नभएको भए पनि थप जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्र आसपासमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।-अजेन्द्र वाईबा तामाङ
इन्धन भण्डारण ट्यांकीमा क्षति, पेट्रोल–डिजेल बिक्री बन्द








