समय : ०५:१८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा भएका विपद्का घटनामा परी १० जनाको मृत्यु

सेवालुङ खवर | श्रावण २ गते २०८३

ताप्लेजुङ, साउन २ । ताप्लेजुङमा आर्थिक बर्ष २०८२१८३ को एक आर्थिक बर्षको अवधिमा भएका विपद्काघटनामा परी १० जनाको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार एक आर्थिक बर्षमा भएका ९१ वटा विपद्का घटनामा परी ५ महिला, ४ पुरुष र १ बालिका गरी कुल १० जनाको मृत्यु भएको छ । भट्टराईका अनुसार आगलागीका घटनामा परी २ महिला र २ पुरुष गरी ४ जना, बाढीमा घटनामा परी १ महिला र १ बालिका गरी २ जना, पहिरोका कारण १ पुरुष र १ महिला गरी २ जना, चट्याङका कारण १ पुरुष र लेक लागेर १ महिलाको ज्यान गएको हो । विपद्का घटनामा परी १६ पुरुष, १० महिला, ५ बालक र १ बालबालिका गरी कुल ३२ जना घाइते भएको प्रशासन कार्यालयले जनाएको छ । ४ पुरुष र १ बालिका गरी ५ जना विपद्का घटनाबाट वेपत्ता भएका छन् । विपद्का घटनामा परी २६ वटा घर,३ वटा उद्योग र ९ वटा पुलमा क्षति पुगेको समेत प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी आगलागीका घटनामा २० वटा घरमा क्षति भएको छ भने पहिरो र हावाहुरीबाट समान ३–३ वटा घरमा क्षति पुगेको छ । एक आर्थिक बर्षमा २५ वटा आगलागीका घटना, ३ वटा जंगल आगलागीका घटना, १७ वटा बाढीका ९ वटा पहिरोका, १० वटा चट्याङका ४ वटा जंगली जनावरको आक्रमणका, १७ वटा सर्पदेशका, ३ वटा लेक लाग्ने र ३ वटा हावाहुरीका घटना भएका छन् ।- खगेन्द्र अधिकारी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्