ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं ६ को नवनिर्मित भवनको उद्घघाटन भएको छ । नवनिर्मित भवनको उद्घाटनमा, जग्गा दाता सम्मान र सार्वजनिक सुनुवाई भएको थियो । २०७२ साल फागुन २८ गते सम्पन्न भएको थियो र यसको उद्घाटन भने २०८२ अषा १७ गते बुधवार मात्र गरिएको छ । नवनिर्मित भवनका लागि १ करोड ३६ लाख ३९ हजार १ सय ४८ रुपैयाँ लागतमा रहेको र ७२ लाख ८३ हजार ६ सय ८० रुपैयाँमा भवन निर्माण कार्य पूरा भएको ममता निर्माण सेवा कम्पनीले जनाएको छ । वडा नं ६ को नवनिर्मित भवनको फुङलिङ नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु र वडाध्यक्ष मदन गुरुङ संयुक्त रुपमा उद्घाटन गरेका थिए । भवन निर्माणका लागि निशुल्क जग्गा दान,र पास गराइ दिने दाताहरुलाई सम्मान गरिएको थियो । दाताहरुको तर्फबाट जम्मा ६ रोपनी जग्गा प्राप्त भएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालय उद्घाटनकै अवसरमा वडा कार्यालयमा जग्गा दाताहरुले सम्मानपत्र ग्रहण गरेको थियो । वडा कार्यालयको कर्मचारीमध्ये उत्कृष्ट कार्यालय कर्मचारीहरुलाई नगदसहित पुरस्कृत भएका थिए । फु.न.पा वडा नं ६ ले आर्थिक बर्ष २०८२।८३ मा सञ्चालन भएका योजनाको कार्यान्वयन अवस्था, आगामी आर्थिक बर्ष २०८३।८४ मा सञ्चालन हुने योजना हरुको विवरण प्रस्तुति सहित सार्वजनिक गरेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख उप प्रमुख प्रशासकीय प्रमुख,वडा अध्यक्ष, वडा सचिव सहित विभिन्न सञ्चार संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं ६ का सचिव रनकुमार विकले जानकारी गराउनु भयो ।
ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं ६ को नवनिर्मित भवनको उद्घघाटन,








