समय : ०७:०१ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङ्लुङमा श्रम, संस्कृति पार्टीले श्रमदानबाटै घर निर्माण

सेवालुङ खवर | असार ८ गते २०८३

फुङ्लिङ - श्रम, संस्कृति पार्टीले श्रमदानबाटै घर निर्माण गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका वडा नं.–३, लिङ्खिम स्थित स्थानीय आइतहाङ लिङ्खिम (लिम्बु) को घर निर्माण गरिएको हो । पार्टीको वडा कार्य समिति र पालिका समितिको सहजीकरण र समन्वयमा एक तले ढुङ्गा माटो र जस्तापाताले छाएको घर निर्माण भएको श्रम, संस्कृति पालिका समिति सचिब किशोर आङ्बुहाले जानकारी दिनुभयो ।उहाँका अनुसार घरको ८० प्रतिशत निर्माणको कार्य सम्पन्न भएको र बाँकी २० प्रतिशत पनि श्रमदानबाटै निर्माण गरिने छ । न्यून आर्थिक अवस्थाका कारण जीर्ण अवस्थामा पुगेको घरको सहयोग रकम जुटाएर र श्रमदान गरेर निर्माण गरिएको सचिब आङ्बुहाङका भनाई छ । जस्तापाता, रड तथा अन्य समाग्री केही सहयोगी व्यक्ति एवं दातृ निकायहरु बाट जुटाइएको हो भने निर्माणको सबै कार्य श्रमदानबाटै गरिएको हो । समाजमा रहेका असहाय, गरिब, दुःखीको सेवामा पार्टी सधैँ तत्पर रहेको सचिव आङ्बुहाङले बताउनुभयो । -बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्