समय : ११:४९ am | शनिबार , जेठ ३० गते २०८३

सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धी सञ्चारकर्मीद्धारा ताप्लेजुङमा धर्ना

सेवालुङ खवर | जेठ २७ गते २०८३

ताप्लेजुङ, जेठ २७ । सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने सरकारी निर्णय खारेजीको माग गर्दै बुधवार ताप्लेजुङका सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीले प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार अगाडि धर्ना दिएका छन् । आचार्यले सरकारले सरकारी सञ्चार माध्यममा मात्रविज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेर निजी सञ्चार संस्थाहरु बन्द गराउनेसम्मको अनुचित प्रयास गरेको बिरोधमा धर्ना दिएको जानकारी दिनुभयो । धर्ना पछि सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँइलाई भेटी सरकारको उक्त निर्णय खारेजीका लागि ताप्लेजुङका सञ्चारकर्मीहरु नियमित रुपमा आन्दोलित भइरहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालय समक्ष पठाइदिन आग्रह गरेका छन् ।–उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्