फुङ्लिङ – पाथीभरा (मुकुुम्लुङ) मा केबलकार खारेजीको माग गर्दै घोषणा गरिएको आन्दोलनको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आइतबार मुकुुम्लुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिम र केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले जारी गरेको संयक्त प्रेस बिज्ञप्तीमा आन्दोलनको कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ । समितिले प्रधानमन्त्रीको नीजि सचिवालयबाट पाथीभरा (मुकुुम्लुङ) क्षेत्रमा स्थलगत भ्रमण गरी केबलकार निर्माण प्रक्रिया सम्बन्धी सबै बिषयमा आन्तरिक छानबिन भइरहेको जानकारी प्राप्त भएको बताएको छ । आफूहरुको आन्दोलनप्रति सरकारले गम्भिर ध्यानाकर्षण जनाउँदै तत्काल प्रारम्भ गरेको पहल सकारात्क रहेको ठहर गर्दै हाल भएरहेको संवाद, छानबिन तथा जाँचबुझ प्रक्रियालाई निष्कर्षमा पुर्याउन आन्दोनका कार्यक्रम हाललाई फिर्ता लिएको समितिको भनाई छ । यस्तै समितिले बिज्ञप्तीमार्फत केबलकार निर्माणका नाममा भएको नीतिगत अनियमितताको छानबिन, तत्कालीन सरकारले गरेको गैरकानूनी तथा गैरसंवैधानिक कदम, आन्दोलनका नाममा गरेको दमन लगायतको निष्पक्ष अनुसन्धान, आन्दोलनका क्रममा लागाइएको झुटा मुद्दाहरु खारेज हुने पनि बिश्वास लिएको छ ।–बिक्रम लाम्गादे,
केबलकार खारेजीका लागि घोषित आन्दोलनको कार्यक्रम तत्कालका लागि स्थगित,








