समय : ०५:२० pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङ अवस्थित पाथीभरा मन्दिरको दर्शनार्थीहरू अत्याधिक घुईचो

सेवालुङ खवर | चैत्र २८ गते २०८२

ताप्लेजुङ, चैत्र २६ गते । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरको दर्शनका लागि अधिक भक्तजनहरू ताप्लेजुङ आइपुगेका छन् । दर्शनको मुख्य सिजन रहेकाले अत्याधिक दर्शनार्थीहरू आएका हुन् । सदरमुकाम फुङ्लिङमा सवारीको चाप अधिक देखिन्छ भने काफ्लेपाटी क्षेत्रमा पनि सवारीको लावालस्कर छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङबाङका अनुसार दर्शनको मुख्य सिजन रहेको तथा भोलि शनिबार भएकाले भक्तजनको घुइँचो भएको हो। “पाथिभरा दर्शनको मुख्य सिजन त हुँदै हो,त्यसमाथि हिमपात र ढक्कमक्क फुलेका गुराँसले अझै आकर्षण थपेको छ । त्यसले गर्दा पनि भक्तजनहरूको सङ्ख्यामा वृद्धि भएको हो। ” उहाँले रेडियो ताप्लेजुङसँग भन्नुभयो । हाल माथिल्लो फेदी र काफ्लेपाटीका सम्पूर्ण होटलहरू भरिसकेकाले होटल बुकिङ नगरेको भए काफ्लेपाटी तथा माथिल्लो फेदीसम्म नजान उहाँले आग्रह गर्नुभयो । कुनै पनि समस्या परेमा क्षेत्र विकास समितिसँग सम्पर्क गर्न कार्यकारी निर्देशक हाङबाङको आग्रह छ । “ काफ्ले पार्टी र माथिल्लो फेदीमा रहेका होटलहरूसँग मैले सम्पर्क गरे सबै बुक भइसकेको भनेर जानकारी प्राप्त भयो,श्रद्धालु भक्तजनहरूले सदरमुकाम फुङ्लिङ तथा सुकेटार क्षेत्रका होटलहरूमा आज बसेर दर्शन गर्ने गरी प्रस्थान गरिदिनुभए सहज हुने छ । कुनै पनि समस्य भए हामि कहाँ सम्पर्क गर्न आग्रह छ । ” उहाँले भन्नुभयो । फागुन ,चैत्र र वैशाख महिना पाथीभरा दर्शनका लागि भक्तजनहरू अधिक आउने समय हो । त्यसपछि बर्खा याममा केही सुस्ताएको चहलपहल असोज कार्तिक महिनामा अधिक रहने गर्दछ । नेपालका विभिन्न जिल्लासँगै छिमेकी देश भारतका विभिन्न राज्यहरूबाट समेत भक्तजनहरू आएका छन्। -किरण गदाइली

फोटो : बसन्त लिम्बू (लाबुङ)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्