समय : ०१:२६ pm | आइतबार , भाद्र २८ गते २०८३

मेरो केही धारणा छैन, चुप बस्छु:निलम्बित नगर प्रहरी प्रमुख पाण्डे,

सेवालुङ खवर | जेठ २१ गते २०८२

जेठ,२० काठमाडौं/ निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन् ।निलम्बनमा परेपछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए ।‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन । निलम्बन गरियो सकियो,’ पाण्डेले भने, ‘हुलहुज्जत र्गयो भनेर निलम्बन गरिएको भन्छन् । मेरो मूल्याकंन म आफैंले गर्नु ठिक हुँदैन ।’उनले आफूले पत्र बुझ्नुभन्दा पहिलै मिडियामा समाचार आइसकेको पनि बताए ।‘पत्र बुझेको आधा घन्टा भयो । पहिलै मिडियामा आयो के हो के ?,’ पाण्डले थप भने, ‘केही सोचेकै छैन । मेयरसाबसँग कुरा भएको छैन । म चुपो लागेर बस्छु ।’प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि आजै निलम्बन गरेका छन् ।यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध र्पुयाएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले अनलाइनखबरलाई जानकारी दिए ।अनलाइन खबर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्