समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको प्रहरी नियन्त्रणमा रहेका नो,केवलकार पक्षका धरौटीमा १८ जना रिहा,

सेवालुङ खवर | चैत्र ६ गते २०८१

ताप्लेजुङ,/ ताप्लेजुङमा गत फागुन ११ गते फुङलिङको विरेन्द्र चोकमा प्रहरी र मुकुमलुङ आन्दोनकारी झडप भए पछि प्रहरी नियन्त्रणमा रहेका १८ जनालाई अदलतले आदेश दिएपछि ताप्लेजुङ जिल्ला प्रहरीले रिहाइ गरेको छ । ताप्लेजुङको पाथिभरामा केबलकार बन्न नदिन नो,केवलकार पक्षमा रहेका निर्माण विवाद भएपछि शान्ती पूर्ण आन्दोलन सँगै राँके जुलुस प्रदशनको क्रममा उक्त झडप भएको थियो । प्रहरी नियन्त्रणमा रहेको नो,केवलकार पक्षमा रहेकालाई २० हजार रुपैयाँको दरले धरौटीमा रिहा गर्न अदलतले आदेश दिएको हो । थुन छेक बहस पछि आज २०८१ चैत्र ७ गते अदलतको आदेशअनुसार धरौटीमा रिहा भएको ताप्लेजुङ जिल्ला प्रहरीले जनाएको छ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण हुनु हुदैन भन्दा भन्दै पनी सरकारले बेवास्ता गरेपछी ‘नो केबलकार’ पक्षवाट सरकारलाई दबाब दिन विभिन्न आन्दोलन हरु प्रदर्शन गरेको नो,केवलकार पक्षमा रहेको आन्दोलन कारी पक्षको भनाई रहेको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ता र अभियन्ताहरू पनि सहभागी भई काठमाडौ लगायत,झापा,मोरङ,सुनसरी,विभिन्न आन्दोलनका कार्याक्रमहरु जन प्रदर्शन गरेका थिए । विकासको नाममा भूमि बेच्न र स्थानीय पुरात्वतीक सम्पदाहरुलाई अतिक्रमण गर्न नपाइने जस्ताहरु माग राखेका छन् र उनीहरूले आन्दोलनलाई जारी राख्ने पनी बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्