समय : ०८:०६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ्मा ६ बुँदे सहमतिभए सँगै आन्दोलनको क्रममा पक्राउपरेका तिन आन्दोलनकारीको रिहाइ,

सेवालुङ खवर | माघ २३ गते २०८१

ताप्लेजुङ/,ताप्लेजुङस्थित मुक्कुमलुङ पाथीभरामा केवलकार निर्माण व्यवसयी खारेजी आन्दोलनको क्रममा पक्राउ परेका तिन जना आन्दोलनकारी योद्धाहरुको रिहाई भएको छ । ताप्लेजुङमा मुक्कुमलुङ पाथीभरा संयुक्त संघर्ष समितीका संयोजक प्रदिप मादेन (नानी),लक्षमण लिम्बू ,चन्द्र सागर लिम्बुलाई आन्दोलनको क्रममा पक्राउ प्रहरीले पक्राउ गरेको थियो । गत माघ १२ गते शनिबार बेलुका घटना घटे पछी केवलकार निर्माण व्यवसयी र मुक्कुमलुङ पाथीभरा संयुक्त संघर्ष समिती विवाद उत्पन्न भएको थियो । मुक्कुमलुङ पाथीभरा संयुक्त संघर्ष समिती र मुक्कुमलुङ ताङ्सेःप चुम्भोमा विभिन्न जातीय संघ संस्थाहरु आन्दोलनमा उत्रिएका थिए । मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति मार्फत विभिन्न १० भन्दा धेरै पहिचानजन्य राजनैतिक दलहरु मिलेर मुक्कुमलुङमा केवलकार खारेजी संयुक्त संघर्ष समितीबाट अश्चित कालिन नवौ दिन सम्म बन्दको आव्वहान गरेका थिए । सरकारसँग माघ २२ गते मंगलबार दोस्रो चरणको सहजीकरण वार्तामा आमसिक ६ बुँदे सहमतिभए सँगै पूर्वको नौ जिल्ला यातायात बन्द स्थगन भएको छ भने सरकारले केवलकार निर्माण कार्यलाई अर्को वार्ता माघ २७ गते सम्मको लागि स्थगित गरेको छ । आन्दोलनको क्रममा पक्राउ परेका ताप्लेजुङका प्रदिप मादेन (नानी) ताप्लेजुङका,लक्षमण लिम्बू ,तेह्रथुमका चन्द्र सागर लिम्र्बु रिहाई भएकाछन् ।

फाटो तस्विर बसन्त लिम्बू (लाबुङ)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्