समय : ०८:०७ pm | आइतबार , भाद्र २८ गते २०८३

मुकुमलुङ् पाथीभरा केबलकार निर्माण भइरहेको विषयमा आन्दोलनरत र सरकारसँग ६ बुँदे अन्तरिम सहमति,

सेवालुङ खवर | माघ २२ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरा स्थित केबलकार निर्माण भइरहेको विषयमा आन्दोलनरत सरकारसँग ६ बुँदे अन्तरिम सहमति भएको छ ।आज मंगलबार बसेको वैठकले सरकार पक्ष र आन्दोलनरत संघर्ष समितिको सहजिकरण समितिसँग भएको लामो छलफल पश्चात अन्तरिम सहमति भएको हो । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिबाट असहमति रहेकोले गत माघ १२ गतेदेखि मेची राजमार्गको सडक र तमोर करिडोर क्षेत्रमा अनिश्चितकालीन बन्द आव्हान गराएका थिए । यसरीनै द्वन्द्व भइरहेको अवस्थामा र विद्यमान रहेकोले यसै विषयमा गृह मन्त्रालयले गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरु सँगै ६ बुँदे सहमति भएको छ ।सहमति अनुसार अर्को वार्ता २७ गते हुने र उक्त वार्ताबाट सहमति नभए माघ २८ गते देखि अनिश्चितकालीन बन्द थप शसक्त बनाउने संघर्ष समितिले जनाएको छ ।

सरकारसँग भएका अन्तरिम सहमतिका बुँदाहरु,

१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी बैठकमा विस्तृत छलफल गर्ने ।

२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।

३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।

६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को बैठक मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्