समय : ०७:३३ pm | आइतबार , भाद्र २८ गते २०८३

अनिश्चित कालिन बन्दकारण ताप्लेजुङ जिल्लामा जनजिवन प्रभावित,

सेवालुङ खवर | माघ १६ गते २०८१

ताप्लेजुङ/गत माघ १२ गते ताप्लेजुङ जिल्लाको मुन्धुमी स्थल पाथीभरा क्षेत्रमा भएको घटनाको क्रममा ताप्लेजुङ जिल्ला पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिले,अनिश्चित कालिन बन्द आव्हानको घोषणा गरेका छन् । ताप्लेजुङ जिल्लाको मुन्धुमी पवित्र तिर्थ मुक्कुम्लुङ/पाथिभरामा केवलकार निर्माण विरुद्ध संघर्ष गर्दै आएका विभिन्न संघ संगठनका युवाहरुलाई प्रहरीले गोली हानी घाइते बनाएपछि माघ १५ गते बाट ताप्लेजुङ जिल्लासँग जोडिने मेची हाइवे, तमोर करिडोर र तेह्रथुम बाट आउने नाकाहरुबाट सवारी साधन बन्द गरेका छन् । मुक्कुम्लुङ पाथिभरामा बनाउने भनिएको केवलकार खारेजीको निर्णय नभए सम्म बन्द जारी रहने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति लगायत छ वटा संघ संस्थाहरुले जनाएको छ । बन्दको कारणले मेची मार्गको झापाको बुधबारे, इलाम,पाँचथर हुँदै ताप्लेजुङ जाने यातायात ठप्प भएको छ । सुनसरी धनकुटाहुँदै फिदिम जाने तमोर करिडोर चल्ने सवारी साधन ठप्प भएको थियो ।उक्त सडकमा बन्द गराउन मुक्कुमलुङ आन्दोलनमा भेला भएका संघर्षरत संस्थाका नेता कार्यकर्ताहरु,रहेका थिए ।झापा,इलाम,पाँचथर, तमोर कडिरोरको बिभिन्न स्थानहरुमा आन्दोलन कारीहरुले यातायात तथा सवारी साधनहरु, कडा र तिव्ररुपले ठप्प पारेको डम्बर लाबुङ लिम्बूले बताएका छन् । मंगबार विहानैबाट बिभिन्न स्थानमा आन्दोलन कारीहरुले विरोध प्रदर्शन गरेको थियो । गत माघ १२ गते प्रहरीले शनिबार जथाभावि गोली प्रहार गर्दा चार जना भन्दा धेरै प्रदर्शन कारीहरु मुक्कुमलुङ पथिभराक्षेत्रमा घाइते भएका थिए । ताप्लेजुङ जिल्लाका पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक प्रदिपमादेन (नानी)लाई मंगबार विहानैबाट प्रहरीले गरेको पपक्राउ गरेको थियो । घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमा उल्लेख गरएका छन् । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले केहिदिन अघि संयुक्त विज्ञप्ति जारी गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ को संज्ञा दिदैं उहाँलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने घोषणा गरेका थिए ।

फोटो तस्विर:डम्बर लाबुङ लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्