समय : ०७:०० pm | आइतबार , भाद्र २८ गते २०८३

पक्राउ परेका मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका तीनजना युवालाई रिहाइ पछी बन्द फिर्ता,

सेवालुङ खवर | पौष २२ गते २०८१

ताप्लेजुङ/,ताप्लेजुङमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र सातवटा संघ संस्थाहरुले यातायात बन्द गरेको फिर्ता भएको छ । मेची राजमार्ग,तमोर कोरिडोर र ताप्लेजुङ भित्र चल्ने यातायात बन्द आह्वान गरिएको अनिश्चित कालीन बन्द फिर्ता गरिएको हो । पक्राउ परेका मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिमा आवद्ध तीनजना युवालाई रिहाइ गरे लगतैै बन्द आह्वान फिर्ता गरिएकोे छ । केबुलकार कम्पनीविरुद्ध आन्दोलनरत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र सातवटा संस्थाले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै तत्कालका लागि यातायात बन्द स्थगत गरेको उल्लेख गरेको थियो । यातायात बन्द फिर्ता वा स्थगन भए पनी आन्दोलन भने जारी रहने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार बाट सवारी साधनहरु सञ्चालन हुने भएको छ । यातायात बन्द भएका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङका सडकमा सवारी साधन ठप्प हुँदा यात्रुहरु आवत जावत गर्न मारमा परेका थिए । पाथीभरा केबुलकारविरुद्ध संघर्षरत मुक्कुमलुङ संरक्षणले यातायात बन्द फिर्ता भएसँगै सोमबारबाट सवारी साधनहरु सञ्चालनमा आउने भएको छ ।

फाटो तस्विर साभार,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्