ताप्लेजुङ – ताप्लेजुङ उद्योग वाणिज्य संघले हेवाखोलामा मोटरेबल पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर संघले प्रमुख जिल्ला जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा समक्ष मेचीराजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा मोटरेबल पुल निर्माणका लागि तत्काल पहल कदमी चाल्न आग्रह गरेका हुन् । गत असोज दोश्रो शाताको बाढीले हेवाखोलाको बेलिब्रिज बगाएपछि सिङगो ताप्लेजुङबासी सँगै पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबासी समेत प्रभाबित भएका थिए । सो क्षेत्रमा अहिले अस्थायी डाईभर्सनमार्फत यातयात आवतजावत भईरहेको छ । तत्काल नै मोटरेबल पुल निर्माणको थालनी नगरे पुन मनसुनको समयमा जिल्लाबासी प्रभाबित हुने सम्भावनालाई औँल्याउँदै प्रजिअ शर्मामार्फत पहल कदमी अगाडि बढाउन संघले आग्रह गरेका हुन् । संघका अध्यक्ष नारायण थापा, प्रथम उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महासचिव कमल लिम्बू, कोषाध्यक्ष बिकास गौतम लगायतको टोलि नै प्रशासन पुगेर सम्बन्धित सरोकारवालालाई निर्माणको कार्य तत्काल सुरु गर्न प्रजिअ शर्माले शसक्त भूमिका निर्बाह गरिदिन अपिल गरेका हुन् । गत वर्ष मोटरपुललाई बाढीले क्षति पु¥याएपछि निर्माण गरेको बेलिब्रिज पुन बगाएको थियो । अस्थायी डाईभर्सनमार्फत हिउँदयाममा मात्र आवतजावत सम्भव हुने र मनसुनको समयमा मोटरेबल पुलको बाहेक बिकल्प नभएकाले तत्काल कार्य सुरु गर्न अनुरोध गरेका हुन् । निर्माणको कार्य चाँडै सुरु नगरे समयमै काम सम्पन्न गर्ने सम्भावना पनि न्युन हुने अध्यक्ष थापाको भनाई छ । आवतजावत ठप्प भएमा खाद्यन्न मात्र अभाव नभई जिल्लामा भ्रमणका लागि आउने पर्र्यटकहरु समेत प्रभाबित हुने महासचिव लिम्बूले बताउनुभयो । बिपद पुर्व नै हेवाखोलामा नयाँ मोटरेबल पुल निर्माणका लागि आफ्नो तर्फबाट सम्पुर्ण पहलकदमीका प्रयासहरु जारी रहेको प्रजिअ शर्माले बताउनुभयो । सडकका आयोजना कार्यालय समेत सम्भावित बिपदभन्दा अगाडि नै निर्माणको कार्य सम्पन्न गर्ने बिषयमा सचेत रहेको उहाँले बिश्वास दिलाउनुभयो । जिल्लाका संघिय सांसदमार्फत समेत पुलको विषयमा सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गराइएको प्रजिअ शर्माले बताउनुभयो । साभार रेडियो तमोर,
हेवाखोलामा मोटरेबल पुल निर्माणका लागि पहल गरिदिन उद्योग वाणिज्य संघ ताप्लेजुङको आग्रह








