फुङलिङ, / २०८१ पुस ६ गते शनिबार ताप्लेजुङमा पहिचानवादी मोर्चाको भब्य र उत्साहजनक उपस्थितिका बीच २३ सदस्यीय जिल्ला समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । प्रदीप मादेनको संयोजकतामा पहिचानवादी मोर्चाको समिति २३ सदस्यीय जिल्ला समिति र सल्लाहकार गठनः भएको हो । कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावती ज्युको प्रमुख आतिथ्यमा उक्त मोर्चाको कार्यक्रम भएको थियो । कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावती ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा आर्थिक विभाग प्रमुख मे. असिम पालुङवा, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल,र संघीय सदस्यहरु कृतिमान मादेन, कुमार साम्यु साथै पान्थर जिल्ला सदस्य देउकुमार योङहाङको उपस्थिति रहेकोे थियो । समितिमा संयोजकः प्रदीप मादेन सह संयोजक श्री प्रसाद लिङखिम, डम्बर लाबुङ, हर्क गुरुङ, सुरेश आवाजुङ, पुर्ण पालुङवा, लोकेन्द्र तुम्बाहाङफे लगयतका सदस्यीय गठन भएको ताप्लेजुङ समिति पहिचानवादी मोर्चाले जनाएको छ । सदस्य सचिबः सरोज कङलिबा “रोशन“आर्थिक विभाग प्रमुखः कमला पालुङवा, विद्यार्थी विभाग प्रमुखः सरगम शेर्पा, र राम लिम्बु ,युवा विभाग प्रमुखः विरेन तबेबुङ, र विनोद बोखिम सहित २३ सदस्यीय गठन भएको समिती सचिव बताउनु भएको छ । त्यसतै जिल्ला सल्लाहकार हरुमा कृतिमान मादेन, रत्न नुगो, खड्क गुरुङ, रमेश मादेन, यादव ढकाल रहनु भएको छ ।
ताप्लेजुङमा पहिचानवादी मोर्चाको २३ सदस्यीय जिल्ला समिति गठनः








