ताप्लेजुङ/राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल रा.स्व.पा.को ताप्लेजुङ जिल्लाको सभापतिमा पुन ईन्जिनियर वीरेन्द्र श्रेष्ठलाई चयन गरेको छ । मंसिर २९ गते रास्वपा ताप्लेजुङको प्रथम जिल्ला भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो ।जिल्ला भेला सम्पन्न गर्न केन्द्र र प्रदेशबाट प्रतिनिधि सभा सदस्य तथा रास्वपाले ताप्लेजुङको लागि तोकेको संघीय सांसद तथा ताप्लेजुङ ईन्चार्ज डा।तोसिमा कार्की, पार्टीका केन्द्रिय सह प्रबक्ता रमेश प्रसाईं, प्रदेश महामन्त्री लाल बिक्रम थापाको उपस्थितीमा जिल्ला भेला सम्पन्न भएको हो ।उपसभापतिमा दावा शेर्पा, सचिवमा नरेन्द्र कुमार पौडेल, सहसचिवमा लिलाप्रसाद पौडेललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा निर्मला लाबुङ खिम्दिङ, नयानाथ तिवारी, सरिता गुरुङ, खेमराज बराल, सुशिला कार्की ९भुटिया० शान्ति सिवा, नुपु शेर्पा, दुर्गा प्रसाद थापालाई र क्षेत्रीय निर्वाचन समिति सभापतिमा हरि प्रसाद थापालाई चयन गरेको छ ।साभार:वेलकम खबर,
राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल ताप्लेजुङमा पुन श्रेष्ठलाई चयन,








