समय : ०५:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर

सेवालुङ खवर | मंसिर २७ गते २०८१

काठमाडौं, मंसीर २६। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले बताए । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसीरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन–२०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो । अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीसम्म पुगेको थियो । यसरी धम्की दिनेले प्रसाईंलाई सहयोग गर्न भन्न गरेका थिए । सीआईबीले भारतको आसामबाट धम्की दिने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि यसमा प्रसाईं पनि जोडिएका थिए । फुयाँलले प्रसाईको निर्देशनमा आफूले त्यसरी फोन गरेको बताएपछि प्रसाईंबिरुद्ध अहिले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको थियो । साभार पूर्वाअञ्ल दैनिक बाट प्रकाशित मिती २०८१ मंशिर २७ गते

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्